मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरि वैशाख ११ गते विश्वासको मत लिने

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले आज सूचना जारी गरी सभामुखले प्रदेशसभा नियमावली, २०७९ नियम १२ को उपनियम ३ बमोजिम वैशाख ११ गते बैठक आह्वान गरिएको जनाएका छन् ।
४ वैशाख २०८०, सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले यही वैशाख ११ गते विश्वासको मत लिने भएका छन् ।

लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले आज सूचना जारी गरी सभामुखले प्रदेशसभा नियमावली, २०७९ नियम १२ को उपनियम ३ बमोजिम वैशाख ११ गते बैठक आह्वान गरिएको जनाएका छन् ।

सोही बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिने सरकारका प्रवक्ता तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले जानकारी दिनुभयो । गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।

राष्ट्रपतिको चुनावसँगै केन्द्रमा बदलिएको सत्ता समीकरणका कारण नेकपा (माओवादी केन्द्र) लगायतका दलले गत चैत १२ गते मुख्यमन्त्री गिरी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उहाँले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रदेशसभाका १० दलमध्ये आठ दल र एक जना स्वतन्त्रसमेत ५३ प्रदेशसभा सदस्यले कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् ।

लुम्बिनी प्रदेशमा बहुमतका लागि ४४ सदस्यको मत चाहिन्छ । प्रदेशसभामा रहेको ८७ सदस्यमध्ये अहिले नेकपा (एमाले) का २९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार सदस्यले मात्रै सरकारलाई समर्थन गरेका छन् ।

एमालेले भने विश्वासको मत नपाए पनि ठूलो दलका हिसाबले संविधानको धारा १६८ (३) अनुसार सरकारको नेतृत्व दाबी गर्ने तयारी गरेको सरकारका प्रवक्ता मन्त्री आचार्यले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार