बाँके । चिसो याममा बालबालिकालाई विभिन्न रोगको जोखिम बढी हुने भएकाले सतर्कता अपनाउन बाल रोग विशेषज्ञ डा. सकिल अहमदले आग्रह गर्नुभएको छ ।
नेपालगंजको बिपि चोक नजिकै रहेको शुभ कामना मेडिकलमा क्लिनिक संचालन गर्दै आउनु भएका डा. सकिलले मौसम परिवर्तन हुन लागेकोले चिसो याममा बालबालिका तथा नवजात शिशुलाई विभिन्न रोगबाट बचाउन आवश्यक सतर्कता अपनाउन आग्रह गर्नु भएको छ।
चिसो मौसममा बालबालिकाहरूलाई विभिन्न रोगका ब्याक्टेरियाले सजिलै आक्रमण गर्ने भएकाले सङ्क्रमणको जोखिम बढी हुने उहाँको भनाई छ ।
डाक्टर सकिलले अहिले शुभ कामना मेडिकलमा पनि रुघा, खोकी , दम, निमोनिया, डायरियाजस्ता रोगहरूले ग्रसित बालबालिकाहरू अत्यधिक आउने गरेको बताउनुभयो ।
यस्तै बाल रोग विशेषज्ञ डाक्टर सकिलले सकेसम्म बालबालिकाहरूलाई आगोको नजिकै नराख्न अर्थात् नजिकै लगेर नसेक्न आग्रह गर्नुभएको छ । आगोको नजिकै लगेर बालबालिकाहरूलाई सेक्दा श्वासप्रश्वासमा गम्भीर समस्या देखा पर्न सक्ने उहाँको भनाई छ ।
डा. सकिलले जाडोको समयमा बालबाकिलाहरूमा देखिने मुख्य समस्या भनेको सामान्य फ्लू र श्वासप्रश्वास सम्बन्धी समस्या हो । यस्तो समस्याबाट जाडो मौसममा बालबालिका बढी प्रभावित हुन्छन् । यस्तो अवस्थामा धेरैजसो श्वासप्रश्वाससम्बन्धी समस्या, झाडापखाला, निमोनिया तथा छाला सुख्खा हुनेजस्ता समस्या देखिन्छ । यसैगरि अहिले मौसम परिवर्तनपछि रूघाखोकी, टन्सिललगायतका समस्या भएर बिरामीहरू आउने गर्छन् । अहिलेको जाडो सुरू मौसम भएको छ । यो मौसम परिवर्तनमा बालबालिकाहरूमा बढी भाइरलले सताउने गर्दछ । जाडोको समयमा नाक बन्द हुने, नाकबाट पानी बग्ने, श्वास फेर्न गाह्रो हुने, रुघाखोकी लाग्ने, घाँटी खसखस हुने, घाँटी दुख्ने, ज्वरो आउने, हाछ्युँ बढी आउने, टन्सिल हुनेजस्ता समस्या पनि देखा पर्ने गरेको बताउनु भयो । डा. सकिल मुस्कान सहित उचार गर्ने भएकोले गर्दा बिरामीहरु पनि आफनो समस्या सहजै सुनाउने गरेका छन् । एक जना विरामीका आफन्त युथ टुडे संग कुरा गर्दै भन्नुभयो, डा. सकिलले चेक गरे पछि मेडिकलमा आएर औषधी खुवाउने तरिका समेत बताउने भएकोले गर्दा उपचारमा सहजता आएको सुनाए । बिरामीहरुले भने डा. सकिललाई सलाम छ ।