मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

कुसुमीया सामुदायिक वनलाई वडा कप फुटबलको उपाधि

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
विजेता टोलीका खेलाडीहरूलाई वडा अध्यक्ष रामलखन थारुले १५ हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो भने उपविजेता टोलीले ८ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्‍यो ।
६ कार्तिक २०८२, बुधवार

बाँके । दिपावलीको उल्लाससँगै राप्ती सोनारी गाउँपालिका–७ सहिद दलबहादुर घर्ति मगर खेलमैदान हर्ष र हुटिङ्गले गुञ्जिएको छ । सातौं अन्तर सामुदायिक वन उपभोक्ता समितीस्तरीय वडा कप फुटबल प्रतियोगिताको उपाधि कुसुमीया सामुदायिक वन उपभोक्ता समितिले जितेपछि मैदान रमाइलो उत्सवस्थलमा रूपान्तरण भयो ।

प्रतियोगिताको फाइनलमा कुसुमीया सामुदायिक वनले मनडपवा सामुदायिक वन उपभोक्ता समितीलाई पराजित गर्दै विजेता बनेको हो । उपविजेता बनेको मनडपवा सामुदायिक वन उपभोक्ता समितिले पनि खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दर्शकको मन जित्न सफल भयो ।

खेलको दौरान मोहन थारुले ८ वटा गोली गर्दै उत्कृष्ट खेलाडी घोषित हुँदै सम्मानित भए ।

विजेता टोलीका खेलाडीहरूलाई वडा अध्यक्ष रामलखन थारुले १५ हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो भने उपविजेता टोलीले ८ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्‍यो ।

विजेता टोलीका क्याप्टेन सुमिर पुनले खेलपश्चात् भने, “यो जित हाम्रो सामुदायिक एकताको प्रतीक हो। हामीले फुटबल मात्र खेलेका होइनौँ, हाम्रो गाउँको गर्व पनि बोक्यौँ।”

कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष रामलखन थारुले भन्नुभयो, “यस्ता खेलकुदले युवामा अनुशासन, भाईचारा र एकताको भावना जागृत गर्छ । खेल मैदानमा देखिएको ऊर्जा गाउँको विकासमा प्रेरणा बन्नेछ।”

प्रतियोगितामा सात वटा सामुदायिक वन उपभोक्ता समितिहरूले सहभागिता जनाएका थिए।

दिपावलीको अवसरमा आयोजना गरिएको यो प्रतियोगिताले खेलकुदसँगै सामुदायिक एकता र उत्सवको सुन्दर सन्देश फैलाएको सहभागीहरूको भनाइ छ। कार्यक्रमको संचालन कालुराम थारुले गरेका थिए भने बिभिन्न राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार