मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बक्रा ईदको अवसरमा सोमबार सार्वजनिक बिदा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
३२ जेठ २०८१, शुक्रबार

बाँके । इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठुलो पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सरकारले असार ३ गते सोमबारका दिन सार्वजनिक बिदा घोषणा गरेको छ ।

यसअघि फागुन २९ गते नै सरकारले सूचना प्रकाशित गर्दै उक्त पर्वका लागि सार्वजनिक बिदा दिने व्यवस्था गरेको थियो ।

'उक्त पर्व वि स २०८१ असार ३ गते सोमबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकोले मिति २०८१ असार ३ गते देशभर सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,' गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

किन मनाइन्छ बक्रा ईद ? 

इस्लामिक क्यालेन्डर हिजरी सम्वतको १२औँ महिना जिलहिज्जाको १० तारिखबाट यो पर्वको मनाइने गरिन्छ।

इदलुफित्र पर्वको ठिक ७० दिन पछि सुरु हुने यो पर्वमा पशुबलीसँग प्रत्यक्ष सरोकार राख्ने यो पर्व तीन दिनसम्म मनाइन्छ । बक्रा ईदको पहिलो दिन, बिहानै नुहाइधुवाइ गरी सुकिलाे, सफा कपडाका साथमा अत्तर लगाई इदगाह (नमाज पढ्न बनाइएको विशेष खुला ठाउँ) वा मस्जिदमा जम्मा भई समूहमा नमाज पढ्ने गरिन्छ।

ईस्लाम धर्मको महान पर्व (ईदुल फित्र) ईद र (ईदुलअजहा) बक्रा ईदको दिन मुस्लिम समुदाय एकत्रित इदगाहमा नमाज पढ्ने गर्छन्। अल्लाहको आदेशमा इब्राहिमले आफ्ना प्यारो छोरा इस्माइललाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाइन्छ।

अल्लाहको आदेशमा इब्राहिमलाई आफ्नो नजिकको प्यारो के हो त्यसको कुर्वानी (बलिदान) दिनु भन्ने थियो, जसअनुसार छोरा इस्माइललाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँले बलिदान दिने क्रममा इब्राहिमको हातबाट अकस्मात छोराको ठाँउमा दुम्बा(मरुभुमिमा पाइने भेडा) राखिदिए बलिदान गर्ने भनी आदेश दिए, बलिदान दिँदा इब्राहिमको नजरमा उनकाे छोरा इस्माइलको कुर्बानी भयो भन्ने थियो। तर, आँखा खोल्दा छोरा नभएर एउटा दुम्बालाई कुर्बान गरेका थिए, सोही घटनाको सम्झनामा यो पर्व मनाइन्छ ।

बक्रा इदमा नमाजपछि आआफनो घर गई क्षमता र हैसियत हुनेहरूले कुर्बानी (बलि दिने) गरिन्छ । त्यस्तो कुर्बानी चौपायामा मात्रै गर्नुपर्ने हुन्छ। खसी, राँगा, भेंडा, उँट, दुम्बा (खाडीमा पाइने जनावर) लगायतका जनावरलाई कुर्बानी दिन योग्य मानिन्छ।

ठूला जनावरहरू राँगा, ऊँट लगायतमा ३, ५ र ७ जनासम्मले समूहमा वा एकै व्यक्तिको नाममा कुर्बानी दिने गरिन्छ भने् खसी, बाख्रा, दुम्बामा एकजनाको नाममा मात्रै लगाउने चलन छ। त्यस्तो जनावर बिरामी, खुट्टा खोच्याउने, कान काटिएको, सिङ भाँचिएको भने हुनु हुँदैन।

इस्लामिक धर्माबलम्बीका अनुसार, कुर्बानीको मासु तीन भागमा बाँड्नुपर्छ। एक भाग आफ्ना घर परिवारका लागि, अर्को आफन्त तथा इष्टमित्रका लागि र तेस्रो भाग गरिब एवं असक्षम मानिस लागि छुट्याउनु पर्ने हुन्छ।

यो पर्वमा कोही पनि मासु खानबाट बन्चित नहोस् भन्ने मान्यता छ। कुर्बानीको मासु तराजुमा तौलन र बिक्री गर्न मिल्दैन। कुर्बानी भएको जनावरको छाला मदरसालाई दिनुपर्ने धार्मिक नियम छ। यो नियम सबै मुस्लिमले पालना गर्नुपर्ने हुन्छ।

यस्तै दोस्राे र तेस्राे दिन पनि कुर्बानी दिन सकिन्छ। बाँकेमा इस्लामि संघ नेपालले दुई सय राँगाको कुर्बानी दिबे तयारी गरेको संघका प्रदेश अध्यक्ष मौलना डा. उबेदुररहमानले बताउनु भयो । 

यो बकरा ईदसँग हज (तीर्थाटन) समेत जोडिएको हुन्छ। प्रत्येक वर्ष नेपालबाट सयाैँ हजयात्री हजमा सहभागी हुन साउदी अरेवियाको मक्का जाने गरेका छन्। हजमा गएका नेपालीहरूले बक्रा ईदको नमाज साउदीमा नै पढ्ने गर्छन्। यो महिनापछि इस्लामिक नयाँ वर्ष मोहर्रम सुरु हुन्छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार