मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

माओवादीबाट नेपालगञ्ज ९ को वडा अध्यक्षमा दिपेन्द्रले उम्मेदवारी दिने

महमूद आलम खान 1133+ समाचार ( )
अबको नेतृत्व युवाले गर्नु पर्छ -दिपेन्द्र
८ चैत्र २०७८, मङ्गलबार

बाँके ।‘समृद्ध नेपाल, सुखी नेपाली’ नागरिकको सपना होइन, सरकारको विज्ञापन हो । किनकि, त्यो सपनामा नागरिकको सहभागिता छैन, बरु सरकारको एकोहोरो प्रोपोगान्डा छ । आज आधा देश २४ वर्षमुनिको छ । तर, यो नाराले युवालाई जोड्न सकेको छैन । युवाका लागि बुनिएको यो नाराको कार्यान्वयनमा युवाको भूमिका खोइ ? राजनीतिमा युवाको सपनाको प्राथमिकीकरण खोइ ? आजका युवा के सोच्छन्, कसरी सोच्छन्, अनि किन त्यसरी सोचिरहेका छन् भन्ने कुरा अबको राजनीतिको एजेन्डा बन्न जरुरी छ । ‘देश, बस्नलायक छैन’, ‘ राजनीतिप्रति रुचि छैन’, ‘समृद्धि गफ हो, आउँदैन’, ‘सरकारमाथि विश्वास छैन’ यी मेरा भनाइ होइनन्, युवाले व्यक्त गरिरहेका विचार हुन् । विगतमा झै आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पनि धेरै नयाँ युवाले जनसेवा गर्ने इच्छा ब्यक्त गरिरहेका छन ।

सोही मध्येका एक युवा हुन दिपेन्द्र धिताल (अर्थोक) । राजनीति र जनसेवालाई नजिकबाट नियाली रहनुभएका २९ बर्षिय उहाँले यसपटक नेपालगंज ९ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘वडाबासी सँग भिजेको, सबैको घरदैलोमा पुगी त्यहाँको समस्याबारे जानकार भई ठुलो भीजन बोकी, वडाबासीका एजेन्डा स्पष्ट सँग उप–नगर र विभिन्न सरोकारवाला निकाय सँग राख्न सक्ने, राम्रो शैक्षिक योग्यता भएको, योजना बनाउन सक्ने सक्षम र जन–लोकप्रिय इमानदार युवा भएकाले उम्मेदवारी दिदैछु । मलाई वडाबासीको साथ, समर्थन राम्रो छ ।’

विद्यार्थीकाल देखी नै राजनीतिक क्षेत्रमा क्रियाशिल दिपेन्द्र धिताल (अर्थोक) हाल नेकपा माओवादी केन्द्र नेपालगंज उप–महानगर कमिटी सदस्य तथा ९ नम्बर वडा कमिटी पुर्व अध्यक्ष समेत रहिसक्नु भएको छ । राजनीति शास्त्रमा बीए गर्नुभएका अर्थोकले कम्युटर ओभरसियरको शैक्षिक उपाधी पनि प्राप्त गर्नुभएको छ ।

दिपेन्द्र धिताल (अर्थोक) को राजनीतिक यात्रा :

२०६५ – अखिल क्रान्तिकारी युनाईटेड स्कुल कमिटी इकाई कोषाध्याक्ष (टिकापुर कैलाली)

२०६८ – अखिल क्रान्तिकारी इकाइ सदस्य (कोटेश्वर बहुमुखी क्याम्पस) काठमाडौं

२०७० – अखिल क्रान्तिकारी जिल्ला समिति सदस्य (सीटीइभीटी पश्चिम)

२०७१ – अखिल क्रान्तिकारी निर्वाचित जिल्ला सह–सचिव

२०७३ – अखिल क्रान्तिकारी केन्द्रिय सदस्य

२०७८ – नेकपा माओवादी केन्द्र नेपालगंज उप–महानगरपालिका वडा नं. ९ अध्यक्ष (हाल निवर्तमान)

२०७८ – नेकपा माओवादी केन्द्र नेपालगंज उप–महानगर कमिटी सदस्य

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार