मुख्य समाचार
पत्रकार आशिष मल्लमाथि रड प्रहार : आक्रमणकारीको तत्काल पहिचान गरी कारबाही गर्न पत्रकारहरूको माग | ४७ युवालाई उद्यमशीलता विकास तालिम, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित | भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने | हरेक वर्ष १ करोड २० लाख बालिकाको बालविवाह | सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन | आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया | पुराना कानुन खारेज गरी अर्थतन्त्रलाई सहज बनाउनुपर्छ : अर्थमन्त्री | वालेनको टिम ‘ब्रान्डिङ’ को आफ्नै पारा | बालेन–मोदीले गरे महाकाली नदीमाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन |

खजुरामा विपद पुर्व तयारी तथा कृतिम अभ्यास

यूथ टुडे समाचारदाता 3693+ समाचार ( )
७ असार २०८२, शनिबार

नेपालगन्ज ।  खजुरा गाउँपालिकाले समुदायमै विपद् व्यवस्थापन क्षमताको सुदृढीकरण गर्ने उद्देश्यका साथ स्थानीय युवा स्वयंसेवकहरूलाई विपद् पूर्वतयारी तथा कृतिम अभ्यास तालिम प्रदान गरेको छ । गाउँपालिकामा वर्षेनी आउने बाढी, डुवान तथा अन्य प्राकृतिक विपद्हरूको जोखिम न्यूनिकरण गर्न तथा आपत्कालीन अवस्था आइपर्दा स्थानीय स्तरमै उद्धार र राहत कार्यमा प्रभावकारी रूपमा जुट्न सक्ने जनशक्ति उत्पादन गर्न तालिम प्रदान गरिएको हो ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकका अनुसार, विपद् व्यवस्थापनको योजना अन्तर्गत समुदायमै आधारित प्रतिकार्य प्रणाली विकास गर्न तालिम आयोजना गरिएको हो । प्राकृतिक विपद् आउनु स्वाभाविक हो, तर त्यसको सामना गर्न पूर्वतयारी हुनु अत्यन्त आवश्यक छ । स्थानीय युवा स्वयंसेवकहरू विपद् व्यवस्थापनको पहिलो पंक्तिका योद्धा हुन् अध्यक्ष विकले बताए । पाँच दिने तालिममा खजुरा गाउँपालिकाका विभिन्न वडाबाट सहभागी भएका ४० जना युवाहरूलाई विपद् व्यवस्थापन, उद्धार, प्राथमिक उपचार, राहत वितरण, जनचेतना र समन्वय सम्बन्धी व्यवहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो ।

तालिममा सहभागीहरूले कृतिम अभ्यास मार्फत बाढी जस्ता विपदमा कसरी उद्धार र राहत कार्य सञ्चालन गर्ने भन्ने विषयमा प्रशिक्षण लिएका थिए । तालिमको समन्वय गाउँपालिकाको विपद् व्यवस्थापन शाखाले गरेको थियो । शाखा प्रमुख लोकराज संज्यालले विपद्को बेला बाहिरबाट सहयोग आउन ढिलो हुन सक्छ, तर स्थानिय स्तरमै तालिमप्राप्त जनशक्ति भए समयमै प्रभावकारी उद्धार सम्भव हुने उल्लेख गरे ।

खजुरा गाउँपालिकाले आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिन दीर्घकालीन योजना बनाउन आवश्यक रहेको तालिममा सहभागिहरुले जोड दिए । विपद पुर्व तयारी तथा कृतिम अभ्यास तालिममा मिनीपार्क स्थित रहेको पौडी पोखरीको प्रयोग गरिएको थियो । पौडी पोखरीमा तालिममा सहभागिहरुले सक्रियतापुर्वक भाग लिएको शाखा प्रमुख संज्यालले बताए ।

विपद, उद्धार र राहतका कार्यमा निरन्तर काम गर्दै आइरहेको नेपाल रेडक्रस सोसाइटी खजुरा उपशाखाका सभापती जिवनाथ सापकोटाले शुरक्षा निकायको संलग्नतामा यसरी गरिएको तालिमले प्रभावकारिता हुने प्रतिक्रिया दिए । यसमा रेडक्रसको भुमिका पनि अपरिहार्य रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार