मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |

निशुल्क स्वास्थ्य शिविर सम्पन्न, २५४ जनाले लिए सेवा

यूथ टुडे समाचारदाता 3317+ समाचार ( )
२६ वैशाख २०८२, शुक्रबार

बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ को वेलास्पुरमा चिडिमार समुदायको हकहित र सेवामा सक्रिय बहेलिया चिडिमार विकास समाजको आयोजनामा आज शुक्रबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

भिजन आँखा अस्पताल, ब्रिनोज कान सामुदायिक सेवा केन्द्र, बास नेपाल बाँके शाखा र गौरव स्मृती तथा बियोर सेल्फ फाउण्डेशनको सहकार्यमा भएको शिबिरमा २५४ जनाले सेवा लिएको बहेलिया चिडिमार विकास समाजका अध्यक्ष रामु चिडिमारले जानकारी दिनु भयो । 

शिविरमा कान र आँखाको जाँच गरिएको थियो । शिविरमा जाँच गरेका बिरामीहरु मध्ये आँखा र कानको सल्याकृया गर्नुपर्ने देखिएका बिरामिहरु सल्याक्रियाका लागि अस्पताल गएमा ५० प्रतिशत छुटमा उपचार गरिने आयोजक संस्था बहेलिया चिडिमार विकास समाजका अध्यक्ष रामु चिडिमारले बताउनु भयो । 

स्वास्थ्य सिबिरमा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिब तथा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, बहेलिया चिडिमार विकास समाजका अध्यक्ष रामु चिडिमार, बास नेपालका कार्यक्रम संयोजक रबिन्द्र बोहरा, गौरव स्मृती तथा बियोर सेल्फ फाउण्डेशनका अध्यक्ष प्रदिप साहु, बहेलिया चिडिमार विकास समाजका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार