मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

निर्मल निवासको हस्तक्षेपको छानबिन नभए नयाँ पार्टी खोल्ने कमल थापाको चेतावनी

महमूद आलम खान 1133+ समाचार ( )
सोमबार चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा आफूपक्षको छुट्टै भेला आयोजना गर्दै नेता थापाले स्थानीय तहको चुनावको मिति घोषणा हुँदासम्म आफूले अघि सारेका तीनवटा माग पूरा नभए नयाँ पार्टी दर्ताको चेतावनी दिएका हुन् ।
२४ माघ २०७८, सोमबार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले आफ्ना माग पूरा नभए नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन् ।

सोमबार चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा आफूपक्षको छुट्टै भेला आयोजना गर्दै नेता थापाले स्थानीय तहको चुनावको मिति घोषणा हुँदासम्म आफूले अघि सारेका तीनवटा माग पूरा नभए नयाँ पार्टी दर्ताको चेतावनी दिएका हुन् ।

“स्थानीय चुनावको मिति सरकारले घोषणा गर्नुअघि सैद्धान्तिक, संगठनात्मक र व्यवहारिक विषयमा उठाइएका प्रश्न निराकरण हुँदैन भने हामीले विकल्प खोज्नुपर्ने विकल्प हुनसक्छ । त्यो अवस्थाका लागि तयार भएर बस्नुस्,” थापाले आफूनिकट नेताहरुलाई सम्बोधन गर्दै भने ।

यद्यपि समाधान खोजिएमा पार्टीमा क्रियाशील भएर लाग्ने उनले बताए । उनले भने,“म दबाब दिन्नँ, आफ्नो अन्तरआत्मलाई सुन्नुस् ।

उनले समाधान खोजिएमा पार्टीमा क्रियाशील भएर लाग्ने बताए । अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थापाले पार्टीको महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप भएको भन्दै छानबिनको माग गरेका छन् ।

भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरु सहभागी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार