मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

बाँके नसर्ने रोगको उच्च जोखिममा

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
२५ फाल्गुन २०८१, आइतबार

बाँके । स्वास्थ्य कार्यालय बाँकेले नसर्ने रोगबारे अन्तरक्रिया गरेको छ । बढ्दो आधुनिकीकरण, शहरीकरण, घट्दो शारीरिक सक्रियता, खानपानमा आएको बदलावजस्ता कारण बढिरहेको नसर्ने रोगको रोकथामका लागि स्वास्थ्य कार्यालय बाँकेले सो अन्तरक्रिया गरेको हो ।

पत्रकारहरू सँगको अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्दै जनस्वास्थ्य अधिकृत नरेश बाबु श्रेष्ठले विश्वभर धेरै किसिमका नसर्ने रोगहरू बढिरहेको बताउँदै सो रोगका कारण मानव समुदायलाई प्रत्यक्ष प्रभाव पारिरहेको जिकिर गर्नुभयो । उहाँले नेपालमा पनि पछिल्लो दशकमा दमखोकी, हृदयघात, पक्षघात, कलेजोसम्बन्धी रोग, मानसिक रोग, मृगौलासम्बन्धी रोगका बिरामीहरू बढिरहेको चर्चा गर्दै ती रोगहरू नियन्त्रणका लागि व्यक्ति स्वयम् सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

श्रेष्ठले जनताको स्वास्थ्यलाई प्राथमिकताका राखेर स्थानीय तहहरुले समेत आवश्यक नीति बनाउनुपर्ने आवश्यकता औँल्याउँदै नसर्ने रोगले भयावह स्थिति पैदा गरेकोप्रति समयमै ध्यान दिनुपर्ने धारणा राख्नु भएको थियो ।

उहाँले मानिसहरूमा बढ्दो अस्वस्थकर खानपान, सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोग, बढ्दो वायु प्रदूषण, मदिराजन्य पदार्थको अत्यधिक प्रयोग, शारीरिक निस्क्रियताले मानिसको शरीर रोगको घरमा परिणत हुँदै जानु चिन्ताको विषय भएको बताउनु भयो ।

जनस्वास्थ्य प्रशासक सुनिता पौडेलले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्नका लागि गुणस्तरीय स्वास्थ्यमा पहुँच वृद्धि गर्नुपर्ने, स्वास्थ्य सेवालाई सर्वसुलभ गर्नुपर्ने, आर्थिक संरक्षण गर्नुपर्ने, स्वास्थ्य करमा वृद्धि गर्नुपर्ने उल्लेख गर्नुभयो ।

पौडेलले बाँकेमा नसर्ने रोगका बिरामीहरूको सङ्ख्या हरेक वर्ष बढिरहेको जानकारी दिँदै सो रोगहरू विरुद्ध लड्नका लागि आवश्यक नीति बनाउन अन्तरक्रिया गरिएको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार