मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

राप्रपा नेपालगञ्ज ४ को घरदैलो, शाहीको पुरै टिम जित्ने निश्चित

महमूद आलम खान 1132+ समाचार ( )
महिला वडा अध्यक्ष उम्मेदवारी जनताले पाए पछि वडाबासीहरु हर्षित
१७ वैशाख २०७९, शनिबार

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी बाँके क्षेत्र नं २ (क) अध्यक्ष मोहम्मद सफिक बेहनाले ठूला दल भनाउँदाहरुले हिन्दु राष्ट्र बेचेको आरोप लगाउनु भएको छ । धर्मबेच्नेहरुले देशलाई के गर्छन्, के आधारमा भोट हाल्नुहुन्छ भनि जनताहरुसँग प्रश्न गर्नुभएको छ ।

बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निकाय निर्वाचन नजिकिदै गर्दा राप्रपा नेपालगञ्ज उपमहानगरपालि वडा नं ४ को ¥याली सहित घरदैलो तथा  कोषणसभालाई सम्वोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।

कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार इन्दिरा शाही, वडा सदस्यका उम्मेदवारहरु मेनका बैध, जैय पत्राकोरी, चाँद बाबुले  नेपालगञ्ज ४ लाई स्मार्ट सिटी बनाई प्रदूषण रहित पर्यटकीय शहर निर्माण गर्न, हिन्दु राष्ट्र कायम गर्न लगायतका कार्यहरु सम्पन्न गर्न हामीहरुको उम्मेदवारी रहेकोले अमूल्य मत दिई विजयी गराउन अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा वडा नं. ४ का अध्यक्षका उम्मेदवार इन्दिरा शाहीले राप्रपा एकमात्र राष्ट्रवादी पार्टी भएको हुँदा एकपटक राष्ट्रवादी पार्टीलाई विजयी गराई समृद्ध नेपाल निर्माण गर्न सहयोग गरिदिनु हुन आम वडाबासी जनतालाई आग्रह गर्नुभएको थियो ।

घरदैलो कार्यक्रममा उम्मेदवार सहित स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । चुनाव नजिकिदै गर्दा सम्पूर्ण नेता तथा कार्यकर्ताहरु अझ सशक्त रुपमा घरदैलो कार्यक्रममा सहभागी हुन र राप्रपाको पक्षमा मत पार्न लागि पर्न समेत राप्रपा वडा इकाइ समितिले आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार