मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नरैनापुरमा दशैँको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
बाँकेको नरैनापुर गाँउपालिकाले बिहिबार दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
१३ अशोज २०७९, बिहीबार

बाँके । बाँकेको नरैनापुर गाँउपालिकाले बिहिबार दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा बोल्दै प्रमुख प्रशासकिय अधिकृत खरालले समाज रुपान्तरणका लागि कुराभन्दा काम गर्न अझै बाँकी रहेको बताउनु भयो । 

हरेक ब्यक्तिले आफ्नो क्षमता वृद्धि सगै आर्थिक शसक्तिकरनका लागि कदम उठाउन अत्ययनत आवश्यक रहेको खरालले जिकिर गर्नु भएको थियो । 

यसैगरी कार्यक्रम बोल्दै वडा नं. ४ का अध्यक्ष मनोज शर्माले शक्तिकी देबि दुर्गा माताले हरेक महिलाहरुलाई शक्तिका साथै हरेक नागरिकहरुको उत्थानका लागि काम गर्ने प्रेरणाका साथै शक्ति प्रदान गरून् भन्दै दशैको शुभकामना दिनु भएको थियो । 

वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यले हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व बडा दशैले हरेक नागरिकलाइ खुसी,उमङताका साथै आर्थिक भारकै कारणले दशै कसैका लागि दशा नबनोस साथै आफ्नो गक्ष अनुसार पर्बलाइ हरेकले भित्र्याउन सफल हुन सकुन भन्दै दशैको शुभकामना व्यक्त गर्नु भएको थियो ।

यसैगरी जिन्सी शाखाका प्रमुख भरत महतोले दशै पर्बमा दुर्गामाताले हरेक नागरिकलाई आर्दश मुल्य मान्यता शुसासन जस्ता कुराको पालना गर्ने सत्बुद्धि देउन भन्दै दशैको शुभकाना दिनु भएको थियो । शुभ कामना अदान प्रदान कार्यक्रमका नरैनापुर पालिका अन्तरगत शिक्षा, स्वास्थ्य, महिला विकास, पशु लगायत शाखाका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार