मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपालगञ्जको मेयरका लागि एमालेले गर्यो आचार्य र मिश्रको नाम सिफारिस

महमूद आलम खान 1133+ समाचार ( )
स्वार्थका लागि पार्टी फेर्दै आएका मिश्रले टिकट नपाउने भए पछि केन्द्रीय नेताहरुलाई गुहार्दै
१ वैशाख २०७९, बिहीबार

बाँके । उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नजिकिदै गर्दा नेपालगन्ज उपमहानगरपालिकामा उम्मेदवार छनोट प्रक्रिया पेचिलो बन्दै गएको छ । नेकपा एमाले भित्र मेयरको दावेदार नेपालगन्ज उपमहानगर अध्यक्ष दत्त प्रसाद आचार्यले गर्दै आउनु भएको छ । मेयर पदपाउने आशामा पार्टी प्रवेश गर्नु भएका पशुपति दयाल मिश्रले नेकपा एमालेबाट आफुलाई एकल उम्मेदवारको रुपमा प्रस्तुत गरिरहेका बेला लामो समय देखि राजनीति गर्दै आउनु भएका आचार्यले आफ्नो जबर्जस्त उम्मेदवारी घोषणा गर्नु भएको हो ।

विद्यार्थीकाल देखि एमाले निकट अखिल ५ औंबाट राजनीति गर्दै एमाले पार्टीलाई बलियो बनाउन अब्बल भुमिका खेल्नु भएका आचार्यको दाबी न्यायोचित भएको नेकपा एमाले भित्रका जानकारहरुले बताउन थालेका छन् । उम्मेदवार सिफारिस गर्ने क्रममा नेकपा एमालेबाट दत्त प्रसाद आचार्य र पशुपति मिश्राको नाम लुम्बिनी प्रदेशमा सिफारिस गरि पठाएको नेकपा एमाले स्रोतले जनाएको छ । लामो समय देखि पार्टीलाई बलियो बनाउन भुमिका खेल्ने नेताहरूलाई पाखा लगाएर टपक्क टिपेर टिकट दिने प्रथाको बिरोध हुन थालेको कुरा नेकपा एमालेका एक नेताले बताउनु भयोको छ ।

नेकपा एमाले जस्तै नेपालगन्जका अन्य पार्टीमा पनि टिपेर ल्याउने परम्परा रहेको पार्टीमा लामो समय देखि खटिदै आएका कार्यकर्ताहरुले बताउन थालेका छन् । नेकपा माओवादी केन्द्रमा पनि उम्मेदवारीको सवालमा यस्तै खिचलो रहेको छ । लामो समय देखि पार्टीलाई अब्बल बनाउन भुमिका खेल्ने नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति सदस्य नवीन शर्माले पनि लामो समय देखि आफ्नो उम्मेदवारीको लागि दौड धुप गरिरहनु भएको छ । नेकपा माओवादी केन्द्रका शर्मा, नन्दलाल बैश्य र आदेस अग्रवालले दावी गर्दै आउनु भएको छ । नेपाली कांग्रेसबाट जिल्ला सचिव सुदानसु कोइराला, नगर अध्यक्ष प्रशान्त बिष्ट, उमा थापार डाक्टर सुरेश कुमार कनोडियाको दाबी रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार