मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नरैनापुरका ३ सय ५० घरपरिवारले पाए लालपुर्जा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२० जेठ २०८२, सोमबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले गाउँ ब्लकमा रहेका स्थानीयलाई जग्गाधनी प्रमाणपत्र दिएको छ। गाउँपालिकाको वडा नं.३ मा वर्षौ देखि गाँउ ब्लकमा बसोबास गर्दै आएका तिन सय ५० घरपरिवारलाई सोमबार लालपुर्जा वितरण गरिएको हो ।

पहिले नापी गर्दा छुट भएका जग्गालाई गाउँब्लक मानिँदै आएको छ । गाउँब्लक भित्र पर्ने जग्गामा वर्षौ देखि खनजोत र भोगचलन गर्दै आए पनि लालपुर्जा पाउन सकेका थिएनन् । वर्षौं देखि भोग चलन गर्दै आएपनि लालपुर्जा नपाएका स्थानीयलाई कानुनी रिट पु¥याएर लालपुर्जा दिईएको गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले बताउनु भयो । उहाँले भन्नुभयो,“घरबास नभएका, सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई लगत संकलन गरेर पुर्जा वितरण गर्छौं, ।”

विभिन्न वडाका गाउँ ब्लकमा रहेका लालपुर्जा वितरणको कामलाई आगामी दिनमा पनि निरन्तरता दिइने गाउँपालिकाका सहायक प्रशासकीय अधिकृत भरत महतोले बताउनु भयो ।

घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकाहरुलाई गाउँपालिकाले नापी विभाग बाँकेको सहकार्यमा जग्गाधनी प्रमाणपत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज वलीले जानकारी दिनु भयो ।

नापी कार्यालय बाँकेका प्रमुख नापी अधिकृत गणेश्वर यादवले गाउँब्लकको नापजाँच निरन्तर भए पनि पुर्जा वितरण हुन नसकेको उल्लेख गर्दै अहिले धमाधम धनीपुर्जा वितरण गरिएको जानकारी दिनुभयो । उहाँले गाउँब्लकको जग्गा नापजाँच, दर्ता र पुर्जा वितरण गर्नुपर्ने भए पनि पुर्जा वितरण हुन नसकेकोमा यो कामलाई छिटै पूरा गर्ने गरी अगाडि बढाइएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “वर्षौंदेखि रोकिएको समस्या थियो । आफ्नै जमिन हुँदाहुँदै पनि भूमिहीनजस्तो भएर बस्नुपर्ने अवस्थाबाट नागरिकलाई मुक्ति मिलेको छ ।” 

पुर्जा बितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार