मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

“स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
६ जेठ २०८३, बुधवार

बाँके । नरैनापुर गाउँपालिका–१ कटकुइयामा रहेको कटकुइया स्वास्थ्य चौकीले स्वास्थ्य सेवा मात्र होइन, समुदायस्तरमै सरसफाइ र स्वास्थ्य सचेतना फैलाउने अभियान सुरु गरेर उदाहरणीय काम गरेको छ। स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर सेवा दिँदै आएको स्वास्थ्य चौकीले अब टोलटोलमा पुगेर सरसफाइ अभियानसमेत थालेको हो।

फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, बालबालिका र स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन भइरहेको स्वास्थ्य चौकीका इन्चार्ज दिनेश मौर्यले जानकारी दिनुभयो।

उहाँका अनुसार स्वास्थ्य चौकीभित्र बसेर मात्रै सेवा प्रवाह गर्नुपर्छ भन्ने परम्परागत सोचलाई परिवर्तन गर्दै समुदायमै पुगेर सेवा र सचेतना दिने उद्देश्यले अभियान अघि बढाइएको हो ।

“स्वास्थ्य सेवा केवल स्वास्थ्य चौकीसम्म सीमित हुनु हुँदैन भन्ने सन्देश दिन हामी घरदैलोमै पुगेका छौँ,” मौर्यले भन्नुभयो, “अब स्वास्थ्यसँगै सरसफाइलाई पनि जनचेतनाको मुख्य अभियान बनाएका छौँ ।”

अभियानअन्तर्गत स्वास्थ्यकर्मीहरू टोलमा पुगेर सरसफाइ गर्नुका साथै नागरिकलाई हात धुने सही तरिका, व्यक्तिगत सरसफाइ, झाडापखाला, डेंगु लगायत मौसमी रोगबाट बच्ने उपायबारे जानकारी दिइरहेका छन्।

वडा नम्बर १ का अध्यक्ष इसाक जोलाहले स्वास्थ्यकर्मीहरूको सक्रियता प्रशंसनीय रहेको बताउँदै यसले समुदायमा सकारात्मक सन्देश फैलाएको उल्लेख गर्नुभयो ।

“स्वास्थ्यकर्मीहरू आफैं टोलमा सफाइ गर्दै नागरिकलाई सचेत गराउनु निकै उदाहरणीय काम हो,” उहाँले भन्नुभयो, “यसले संक्रामक रोग नियन्त्रण र नागरिकको जीवनस्तर सुधारमा प्रत्यक्ष प्रभाव पार्नेछ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार