मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेजाद्वारा विमान दुर्घटनामा भएको मानविय क्षेती प्रति दुःख ब्यक्त

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
नेपाल अमेरिका पत्रकार सँघ(नेजा) का अध्यक्ष बिकासराज न्यौपानेको अध्यक्षतामा आईतबार सम्पन्न केन्द्रीय समितिको बैठकले उक्त विमान दुर्घटनामा परि ज्यान गुमाउने
४ माघ २०७९, बुधवार

अमेरिका । नेपाल अमेरिका पत्रकार सँघ(नेजा) ले पोखरामा भएको विमान दुर्घटनामा भएको मानविय क्षेती प्रति गहिरो दुःख ब्यक्त गरेको छ ।

नेपाल अमेरिका पत्रकार सँघ(नेजा) का अध्यक्ष बिकासराज न्यौपानेको अध्यक्षतामा आईतबार सम्पन्न केन्द्रीय समितिको बैठकले उक्त विमान दुर्घटनामा परि ज्यान गुमाउने नेपाल पत्रकार महासँघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल लगायत सबै यात्रुहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक प्रस्ताब पारित गरेको नेजाका महासचिब सुरज भण्डारीले जानकारी दिनु भयो ।

महासचिब भण्डारीद्वारा जारी शोक बिज्ञप्तीमा जनाईए अनुसार पत्रकार त्रिभुवन पौडेलको निधनले नेपाली पत्रकारितालाई अपूरणीय क्षति भएको भन्दै नेजाले मृतक पत्रकार पौडेलका परिवारजन प्रति हार्दिक समबेदना समेत ब्यक्त गरेको छ ।

नेपाल पत्रकार महासँघको केन्द्रीय सदस्य हुुनु अघि पत्रकार पौडेल नेपाल पत्रकार महासँघको गण्डकी प्रदेश समितिको सँस्थापक अध्यक्ष, कास्की शाखाको एक पटक उपाध्यक्ष र २ कार्यकाल सचिबको जिम्मेवारी सफलताका साथ सम्पन्न गरेका थिए । पत्रकार पौडेल पछिल्लो समयमा पोदरा हटलाईन दैनिकको प्रकाशक तथा सम्पादकका रुपमा कार्यरत थिए । पत्रकार पौडलका एक आमा, श्रीमति र एक छोरा छन ।

आईतबार बिहान १०ः३० बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाईन्सको कल साईन नाइनएन एएनसी फ्लाईट नम्बर ६९१ एटीआर ७२ जहाज करिब ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदिको खोंचमा दुर्घटनाग्रस्त भएको थियो । ७२ जना सवार विमानमा अहिलेसम्म ६९ मृत शरीर फेला परिसकेको र ३ जनाको खोजी कार्य जारी रहेको बताईएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार