मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |
मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |


धार्मिक सहिष्णुता कायम गर्न नेपालगंजमा निकालियो सामाजिक सद्भाव ¥याली

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
१६ अशोज २०८०, मङ्गलबार

बाँके । बाँकेको नेपालगंजमा केहिदिन यता दुई फरक धर्मका समुदायबीच तनाव बढ्दै गएपछि मंगलबार‘सद्भाव ¥याली’ निकालिएको छ ।  सामाजिक संजालमा इस्लाम धर्मका विरुद्धमा स्टाटस लेख्नेहरु माथि कारवाहीको माग गर्दै गत आईतबार मुस्लिम समूदायले बिरोध प्रर्दशन गरी ज्ञापन पत्र बुझाएको थियो । उक्त घटनाको विरोधमा मंगलबार हिन्दुवादीहरूले नेपालगंज बजार बन्द गराउने घोषण गरे पछि कुनै अप्रिय घटना हुन नदिनका लागि सदभाव ¥याली निकालिएको थियो । 

जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाईमा ‘सद्भाव रयाली’ निकालिएको हो । विपि चौकबाट सुरू भएको ‘सद्भाव रयाली’ बिरेन्द्र चोकमा पुगेर समापन भएको थियो । 

‘सद्भाव रयाली’ मा प्रदेश सभा सदस्य कृष्ण केसी नमूना, रत्न शाही, नेपालगंजका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, बागेश्वरी मन्दीरका महान्त चन्द्रनाथ योगी, मौलाना अब्दुल जब्बार मन्जरी, उपमेयर कमरुद्दीन राई , इन्सेक भोला महत, मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रका आलम खान, सदभाव समितिका संयोजक गुलाम हुसेन हल्वाई,राजनीतिक दलका नेता,नागरिक समाजका अगुवा,मानवअधिकारकर्मी ,सञ्चारकर्मीलगायतको सहभागीता थियो । 

‘सद्भाव ¥याली’ मा सहभागीले ‘ धार्मिक सद्भाव कायम गरौं ’ सामुदायिक सदभाव कायम राखौं,हिन्दू–मुस्लिम भाइ भाइ’लगायतका नारा पनि लगाएका थिए ।

बगेश्वरी मन्दीरका मूल महान्त योगीले बाँकेमा धार्मिक उन्माद बढाउने,सदभाव विगार्ने तथा शान्ति सुरक्षामा खलल पुग्ने गरी जनजीवन प्रभावित पारी अशान्ति मच्चाउने व्यक्ति तथा समूह सक्रिय रहेकाले त्यस्ता उच्छृङखल गतिविधिमाथि संलग्न जुनसुकै धर्मको जोसुकै भएपनि कानुनी कारबाहीको दायरामा ल्याउन माग गरे । 

मौलाना मन्जरीले‘नेपालगंज सदियौंदेखि हिन्दु र मुस्लीमबीच आपसी सद्भाव र भाइचारा रहिआएकोमा केहि समयदेखि दुवै समुदायका केहि सिमित व्यक्तिबाट आपसी सद्भाव र भाइचारा विथोल्ने गरी धार्मिक सहिष्णुता विरुद्द अवाञ्छित गतिविधि गर्ने क्रम बढ्दै गएको,समाजमा रहेको अमनचयन र शान्ति भङ्ग गर्न क्रियाशिल त्यस्ता उच्छृङखल व्यक्तिले सामाजिक संजालको दुरुपयोग गरी समाजलाई भड्काउने,विभाजित गर्ने र कुनै धर्म तथा समुदायलाई उक्साउने र धार्मिक द्वन्द्व बढाउने खालका श्रव्य दृष्य सामग्री समेत पोष्ट गरिरहेकोले त्यस्ता व्यक्ति तथा समूहविरुद्ध साइबर अपराध तथा कडा कानुनी कारबाहीको लागि माग माग गरे,’ 

नेपालगंजका मेयर प्रशान्त विष्टले धर्मकै नाममा विभेद गरेर समाजमा कलह र हिंसा पैदा गर्न खोज्नेहरूदेखि नेपालगंजबासी सचेत छन् भन्ने सन्देश प्रवाह गर्नका लागि सद्भाव ¥याली निकालिएको बताए । उनले भने, ‘हामी नेपालगंजबासी एकदम सचेत छौँ र हामी एकआपसमा मिलेर बसेका छौँ भन्ने सन्देश हामीले यस ¥यालीबाट दिन खोजेका हौँ ।’ उनले धार्मिक सहिष्णुताको भाव जागृत गरेर जात, धर्म र अन्य कारणले समाजलाई भाँड्ने काम नगर्न सुझाव दिए । आफू नेपालगंजकै जनताको मतबाट मेयरमा निर्वाचित भएको स्मरण गर्दै उनले पछिल्लो समयमा भने सामाजिक सञ्जालमार्फत् भइरहेका उच्छृंख गतिविधिको भत्सर्ना गर्दै द्धन्द गराउन खोज्नेहरु माथि तत्काल कारवाही गर्न गृह प्रशासन संग अपिल गरेका थिए । मेयर विष्टले सामाजिक सद्भावलाई कायम गरेर समाजलाई विद्रोह हुनुबाट बचाउनुपर्नेमा जोड दिए । 

उप मेयर कमरुद्धीन राईले समुदायलाई उक्साहटमा ल्याएर सद्भाव बिगार्ने र शान्ति प्रक्रियामा खलल गर्नेहरूलाई कानुनको दायराभित्र ल्याई कारबाही गर्न आग्रह गरे । 

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले धर्म निरपेक्ष राष्ट्रमा कसैले पनि कसैलाई जबरजस्ती गर्न नहुने बताउँदै सद्भाव बिगार्ने तत्वलाई कारवाही गर्नुपर्ने जिकिर गरे । उनले सदभावलाई खलल पु¥याउन खोज्नेहरुलाई कुनै पनि हालतमा नछोडने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वपक्षीय बैठकमा पनि नोपलगंजमा अबदेखि शान्ति अमन चयनमा खलल पु¥याउने खालका धार्मिक एंव सामुदायिक प्रकारका ¥याली ,जुलुश ,प्रदर्शन वा बन्द हडतालको कार्यक्रम वा गतिविधि कुनैपनि समुदाय र संघसंस्थाले नगर्ने सहमति गरिए पनि हिन्दु समूदायले बन्द फिर्ता लिएर नेपालगंजमा प्रर्दशन गर्ने जनाएको छ । हिन्दुहरुले गर्ने प्रर्दशनमा कुनै अप्रिय घटना हुन नदिनका लागि बाक्लो रुपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार