मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

छात्रालाई उच्च शिक्षामा आर्कषण बढाउन साईकल बितरण

महमूद आलम खान 1132+ समाचार ( )
छात्रालाई उच्च शिक्षामा आर्कषण बढाउन राप्ती सोनारी गाउँपालिकाले निःशुल्क रुपमा साइकल वितरण गरेको छ । गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्ने छात्रालाई आइतबारबाट साइकल वितरण सुरु गरेको हो ।
११ पौष २०७८, आइतबार

बाँके । छात्रालाई उच्च शिक्षामा आर्कषण बढाउन राप्ती सोनारी गाउँपालिकाले निःशुल्क रुपमा साइकल वितरण गरेको छ । गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्ने छात्रालाई आइतबारबाट साइकल वितरण सुरु गरेको हो ।

गाउँपालिका कार्यालय परिसरमा आइतबार आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लाहुराम थारुले छात्रालाई साइकल हस्तान्तरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थारुले छात्राको शैक्षिक अवस्था सुधार्न साइकलले मद्दत पुर्याउने बताए । 

‘शिक्षालाई गाउँपालिकाले प्राथमिकता दिदै गर्दा साइकलको पनि हामीले महसुस् गरिम, बिद्यालयका कक्षामा सुरुमा छात्राको संख्या धेरै हुन्छ, जब कक्षा बढ्दै जाान्छ, तब छात्राको संख्या घट्दै जान्छ,’ उनले भने ‘शिक्षामा अझै राम्रो सहज होस् भन्नका लागि राप्ती सोनारी गाउँपालिकाले साइकल वितरण कार्यक्रम राखेको हो ।’

गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटबाट छात्रालाई साइकल वितरण कार्यक्रम सञ्चालन गरेको उनले बताए । ‘सुरुमा ७ सय ५० साइकल खरिद गर्ने योजना हामीले बनायौं, हामीले यो कार्यक्रम सञ्चालन गर्न थालेपछि संख्या बढेर झण्डै १२ सय पुग्दैछ,’ अध्यक्ष थारुले भने ।

साइकल पाउने भएपछि ड्रपआउट भएका छात्रा पुनः बिद्यालयमा फर्किने र टाढाबाट बिद्यालय आवत जावत गर्ने अपेक्षा लिइएको उनी बताउँछन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीका अनुसार पहिलो चरणमा ७ सय ५० वटा साइकल वितरण गर्न करिव ६० लाख बजेट छुट्याइएको छ ।

‘पहिलो चरणमा ७ सय ५० वटा साइकल वितरण गर्ने लक्ष्य छ, दोस्रो चरणसम्म १२ सय जति साइकल वितरण गरिनेछ,’ शाहीले भने । गाउँपालिकाले आइतबार पहिलो दिन मात्र नेरा माध्यामिक बिद्यालय अगैया र सरस्वती माध्यामिक बिद्यालय भवानीयापुरमा अध्ययनरत १ सय ९० जना छात्रालाई साइकल हस्तान्तरण गरिसकेको जनाएको छ । 

छात्रालाई बिद्यालय शिक्षामा टिकाइ राख्न साइकल वितरण कार्यक्रम प्रभावकारी हुने सम्वद्ध सरोकारवालाले बताएका छन् । ‘बिद्यालय उमेरबाट नै छात्राले स्कुल छाड्ने गरेकाले गाउँपालिकाले ल्याएको यस्ता कार्यक्रम एकदमै उत्कृष्ट छन्,’ नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय अगैयाका शिक्षक विकास शर्माले भने ‘भौगोलिक हिसाबले धेरै टाढाबाट आउने छात्रालाई यसबाट धेरै राहत हुन्छ, भने साइकल पाउने आशाले पनि पढाईमा छात्राको आर्कषण बढ्छ ।’ आफ्नो बिद्यालयका ३२ जना छात्राले गाउँपालिकाबाट साइकल प्राप्त गरेको शिक्षक शर्माले सुनाए ।

सरस्वती माध्यामिक बिद्यालय भवानीपुरका छात्रा सुस्मिता चौधरीले साइकल पाएपछि अब बिद्यालय आउन-जान धेरै सहज हुने प्रतिक्रिया दिइन् । ‘गाउँपालिकाबाट साइकल पाउँदा एकदमै खुसी लागेको छ, बिद्यालय जानका लागि अब हामीलाई धेरै सजिलो हुने भयो,’ उनले भने । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत शाही, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष गंगाराम थारु लगायतले साइकल वितरण कार्यक्रम प्रभावकारी हुने बताए । कार्यक्रम सञ्चालन गाउँपालिकाका प्रशासन शाखा प्रमुख लोकेन्द्र चन्दले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार