मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

युवा महिलालाई फोटो तथा भिडियोग्राफी तालिम

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
६ पौष २०८२, आइतबार

नेपालगन्ज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन भइरहेको ग्रिन इकोनोमि परियोजना अन्तर्गत बर्दियाको ठाकुरद्धारामा तीन दिने हरित फोटो तथा भिडियोग्राफी तालिम सम्पन्न गरेको छ । 

तालिममा राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाका २० जना युवा महिलाहरूको सक्रिय सहभागिता रहेको थियो ।

युवा महिलाहरूलाई वातावरण संरक्षण, हरित अर्थतन्त्र तथा जलवायु परिवर्तन सम्बन्धी विषयमा गुणस्तरीय फोटो तथा भिडियो निर्माण गर्ने सीप विकास गरी सशक्त बनाउनु तालिमको मुख्य उद्देश्य रहेको थियो । 

साथै, स्थानीय तहमा रहेका वातावरणीय समस्या तथा हरित पहलहरूलाई दस्तावेजीकरण गर्दै भिडियो स्टोरीमार्फत सरोकारवाला निकाय र स्थानीय सरकारलाई सचेत गराउने क्षमता विकास गर्नु पनि तालिमको लक्ष्य रहेको क्लबले जनाएको छ । 

सो तालिमको क्रममा प्लान इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यालय, सुर्खेतका कार्यक्रम विशेषज्ञ झलकमान विश्वकर्माले अनुगमन भ्रमण गर्नुभएको थियो । अनुगमनका क्रममा उहाँले सहभागी युवतीहरूलाई उत्साह प्रदान गर्दै यो तालिम उनीहरूको व्यवसाय प्रवद्र्धन र प्रचार–प्रसारका लागि अत्यन्त उपयोगी हुने बताउनुभयो । 

तालिमको समापन सत्रमा बाँके युनेस्को क्लबकी फिल्ड सुपरभाइजर संजिता रिजालले सहजीकरण गर्नुभएको थियो । तालिमका सहभागीहरू पूजा कुस्मा थारु र अस्मिता कुमारी चौधरीले तालिमले हरित फोटो तथा भिडियोग्राफीसम्बन्धी आफ्नो ज्ञान र सीपमा उल्लेखनीय वृद्धि भएको बताउनुुभयो । 

उहाँहरूले सिकेका सीपहरू डिजिटल प्लेटफर्ममार्फत आफ्नो व्यवसाय प्रवद्र्धन तथा विस्तारमा प्रयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

त्यसैगरी, तालिमका अधिकांश सहभागीहरूले सो अवसरमा वातावरण संरक्षण, जलवायु परिवर्तन जस्ता विश्वव्यापी मुद्दामा जनचेतना अभिवृद्धि गर्न हरित दृश्य सामग्री उत्पादन गर्ने र प्रमाणमा आधारित सामग्रीमार्फत स्थानीय सरोकारवालालाई संलग्न गराउने बताउनुभयो । 

सो तालिम सुमित घिसिङले प्रदान गर्नुभएको थियो भने परियोजना प्रमुख राधेकृष्ण थारुले परियोजनाका उद्देश्यबारे जानकारी गराउँदै सिकेका सीपको अधिकतम उपयोग गर्न अनुरोध गर्नुभयो ।

तलिमको व्यवस्थापनमा क्लबका फिल्ड सुपरभाइजरहरू संजिता रिजाल र कञ्चन दहितले सहयोग पु¥याउनुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार