मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

बाँकेको नरैनापुरमा आगलागी, १७ घर जलेर नष्ट

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
११ चैत्र २०८१, मङ्गलबार

बाँके । बाँकेको नरैनापुरमा भएको आगलागीमा एक दर्जन भन्दा धेरै घरगोठ जलेर नष्ट भएका छन् । नरैनापुर गाउँपालिका–४ जयरामपुर्वामा आज मंगलबार दिउसो ३ बजेबाट सुरु भएको आगलागीबाट १७ वटा घरभन्दा धेरै घरगोठ जलेर नष्ट भएको सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्द जानकारी दिनु भयो ।

दिउँसो जुमाई खाँको घरबाट लागेको आगो नेपालगंज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका थिए । खरले छाएका र एक आपसमा जोडिएका घरगोठ तथा तीव्र हावाहुरीले आगो नियन्त्रणमा लिन निकै मुश्किल परेको सशस्त्र प्रहरी उपरिक्षक चन्दले बताउनु भयो । आगलागीका कारण २५ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

नरैनापुर गाँउपालिका अध्यक्ष शैयद इश्तियाक अहमद शाह, प्रमुख प्रशासकिय अधिकृत नवराज वली, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, जिन्सी शाखा प्रमुख लक्ष्मीकान्त मिश्रा र विपत शाखा प्रमुख भरत महतो सहितको टोलीले घटना स्थलमा पुगेर आगलागी पीडितलाई राहत दिने प्रतिबद्धता गर्नु भएको छ । 

विभिन्न निकायसँगको समन्वयमा आज रातिको लागि पाल र खानाको व्यवस्था गर्ने काम भइरहेको र जिल्ला विपद् व्यवस्थापन समितिलाई थप राहतको व्यवस्था गर्न माग गरिएको अध्यक्ष शाहले बताउनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार