बाँके । भारतसँग खुला सीमाना जोडिएको लुम्बिनी प्रदेशको बाँके जिल्लामा तस्कर समुहको चुङ्गोलमा फसेको तथ्य फेला परेको छ । भन्सार चोरी तस्करी छली बिरुद्धमा सशस्त्र प्रहरी र नेपाल प्रहरी आक्र्रमक बनेपछि ठुलो परिमाणको अवैध समान बरामद गरे पछि तस्कर समुहको चुङ्गोलमा फसेको तथ्य देखिएको छ ।
आईतबार घरयासी समान भन्दै दुई वटा चामलको बोरामा १ लाख मूल्य बराबरको कपडा र १० हजार बराबरको कास्मेटिक सामान भारतको रुपैडिहाबाट नेपाल भित्रीयाए पछि चौलीक्कामा रहेको सशस्त्र प्रहरीले चेक जाँच गर्ने क्रममा नियन्त्रणमा लिएको थियो ।
विगतका बर्षहरुमा तस्कर समुहले सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयक केही कर्मचारीसंगै अवैध सेटिङ्ग गरेर भारतबाट करोडौँका समान सहजै नेपाल भित्र्राउथे,तर अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करको सेटिङ्गमाथि ब्रेक गरिदिएको छ । बाँकेमा तस्कर माथिको यो ब्रेक बिगतका सालदेखि क्रमिक रुपमा डण्डा लगाउने कामको शुरुवात भएको थियो । विचमा केही उतार चढाए आएपनि सशस्त्र प्रहरीको एसपी बिमल डाँगी र नेपाल प्रहरीका एसपी तुल बहादुर कार्कीले जिल्लाको कमाण्ड सम्हालेको समय देखि तस्करमाथि झन आक्र्रमक बन्दै तस्कर समुहलाई तह लगाउने काम भएको छ ।
विगतका जिल्ला कमाण्डरले गर्दै आएको सुशासनको भारी अहिले सशस्त्र प्रहरीका एसपी बिमल डाँगी र नेपाल प्रहरीका एसपी तुल बहादुर कार्कीको काँधमा परेको छ । जिल्लामा सशस्त्र प्रहरी र प्रहरीका जिल्ला कमाण्डरलाई व्यक्तिगत रुपमा नभई संस्थागत रुपमा तस्कर समुहसंग साँठगाँठ गरेको र महिनाबारी दिनेलाई छाडेको, तस्कर समुहका समान समातेको आरोप लाग्दै आएको छ । जिल्ला स्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीका कमाण्डर अनुचित आर्थिक लाभका पछि नपरे सुशासन र दण्डहिनताका लागि निःस्वार्थ सरकारले दिएको जिम्मेबारी निर्वाह गर्न थालेपछि बाँकेमा तस्कर समुहको रुवाबासी चलेको छ ।
तस्कर समुहले अहिले खुलेयाम गाँउघर बजारमा भन्दैछन, विगतमा हामी सशस्त्र प्रहरी, नेपाल प्रहरीसंग र भन्सारकै पनि केही कर्मचारीसंग सेटिङ्ग मिलाएर भारतबाट सहजै भन्सार वा अन्य नाकाबाट समान तस्करी गर्दै आएको र अहिले कडाई गरेपछि भन्सार बिना एक सियो समेत घुसाउन नसक्ने अवस्था आएको अनुभव साटासाट गरिरहेका छन ।
गत आर्थिक वर्ष २०८०÷०८१ मा जिल्ला प्रहरी कार्यालय बाँकेले १० करोड रुपैयाँ बढीको राजस्व दाखिला गरेको थियो । तस्कर समुहको झण्डै ४ करोड ५५ लाख चार हजार ६ सय ४३ रुपैयाँ बराबरको अवैध समान नेपाल भित्र्राएर रातारात करोडपति बन्ने सपना सशस्त्र प्रहरी र नेपाल प्रहरीले तुहाईदिएको छ ।
यस्तै बाँकेको सशस्त्र प्रहरी बल नंं.३० गणले आर्थिक वर्ष २०८०÷०८१ मा १३ करोड ८० लाख ९५ हजार २७० रुपैयाँ बराबरको अवैध ओसारपसारविरुद्धको सामाग्री बरामद गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी कार्कीले चोरी तस्करी जस्ता गैर कानुनी गतिबिधी निरन्तर नियन्त्रण गरिने बताउनु भयो । एसपी कार्कीले नेपाल प्रहरीले जिल्लाभरी हुने कुनैपनि गैर कानुनी गतिबिधी भन्सार राजस्व छली जस्ता अवैध कार्य कुनैपनि हालमा निरुत्साहित गरिने र चोरी तस्करी बिरुद्धमा अभियान निरन्तर चलाउने जिकिर गर्नु भयो । सशस्त्र प्रहरी उपरीक्षक डाँगीले चोरी तस्करी भन्सार छली बिरुद्धमा सशस्त्र प्रहरीले सुन्य सहनशिता नीति अनुरुप कार्बाही अघि बढाएको बताउनु भयो । ‘हाम्रो टोलीले जहाँ तस्कर तस्करका अवैध गतिबिधी देख्यो, त्यही फिल्डमै कार्बाही गछौँ, ‘उहाँले भन्नुभयो, ‘गैर कानुनी गतिबिधी अन्दी स्र्पोट नियन्त्रण गछौँ ।’ भन्सार छली चोरी बिरुद्धमा सशस्त्र प्रहरीले निरन्तर कार्बाही गर्ने चेतावनी दिनु भएको छ । उहाँले घरयासी सामान भन्दै चावलको बोरामा अबैध सामान लिएर आएका केही तस्करहरुलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिए पछि केही तस्करका हिमाइतीहरुले प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई समेत तस्कर संग जोडेर गलत अभिव्यक्तिको कडा शब्द निन्दा गर्दै तस्करी गर्नेहरुलाई कारवाही गर्न पछि नहटने जिकिर गर्नु भयो । एसपी डाँगीले नागरिकले समेत तस्कर बिरुद्धमा निरन्तर खबरदारी गर्न जरुरी रहेको बताउनु भयो ।