मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपाल निजामती कर्मचारी सङ्गठन बाँकेको अध्यक्षमा चौलागाई निर्वाचित

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१३ माघ २०८१, आइतबार

बाँके । नेपाल निजामती कर्मचारी सङ्गठन बाँकेको अध्यक्षमा देवीलाल चौलागाई निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) निकट कर्मचारी सङ्गठनको बाँकेको नेपालगञ्जमा सम्पन्न ११ औँ अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो । 

सङ्गठनको उपाध्यक्षद्वयमा थानेश्वर न्यौपाने र पुष्पा केसी, सचिव पदमा तेजेन्द्र रोकाय, सह–सचिवमा गणेश बहादुर खड्का, र कोषाध्यक्षमा सदन भण्डारी रहनुभएको छ । समिति सदस्यहरूमा शर्मिला सुवेदी, रञ्जना घर्ती, सुशीला न्यौपाने , वसुन्धरा ज्ञवाली, राम कुमार पाठक, धर्म भण्डारी, कृष्ण बहादुर खडका, जीवन रावत, प्रकाश खडका, ओम बहादुर शाही, मेघराज बराल र राम बहादुर थापा रहनुभएको छ । 

अधिवेशनले केन्द्रीय प्रतिनिधिका रूपमा हरि बहादुर खत्री, बसन्त कुमार थापा, केसर कुमार चपाइ, घनश्याम केसी, दुर्गा महतलाई चयन गरेको छ । प्रदेश प्रतिनिधिमा लक्ष्मीकान्त मिश्र, नन्दा नेपाली र प्रतीक मल्ललाई छनौट भएको जिल्ला जिल्ला कोषाध्यक्ष सदन भण्डारीले जानकारी दिनुभयो । 

नयाँ गठन भएको कार्यसमितिले सङ्गठनको हक, अधिकार र सुधारका लागि तथा निजामती कर्मचारीको हित संरक्षण र संस्थागत विकासका लागि सक्रियताका साथ काम गर्ने प्रतिबद्धता जनाएको छ । 

अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य सूर्य ढकाल, प्रतिनिधि सभा सदस्य दिपा शर्मा, एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङ, सङ्गठनका नेता एवं एमाले बाँकेका कार्यालय सचिव कृष्ण कुमार थापा सहित पदाधिकारीहरू लगायतले मन्तव्य राख्दै नागरिकको सेवालाई प्राथमिकतामा राखेर सङ्गठनलाई मजबुत बनाउनुपर्ने धारणा राख्नुभयो । अधिवेशनमा नरैनापुरलाई उत्कृष्ट पालिका कमिटीको रुपमा सम्मान गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार