मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

जनमत पार्टीका अध्यक्ष डा.सिके राउत जापान भ्रमणमा

यूथ टुडे समाचारदाता 3408+ समाचार ( )
२१ चैत्र २०८०, बुधवार

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत जापान पुगेका छन् । उनको जापान भ्रमण व्यक्तिगत भ्रमण रहेको पार्टी उपाध्यक्ष ई.दीपक साहले बताए । जापानमा अध्ययन गरेका अध्यक्ष राउत १८ वर्षपछि त्यहाँ पुगेका हुन् । उनी अध्ययन सकाएर आएपछि पहिलो पटक जापान भ्रमण गएका हुन् ।

जापान उड्नुअघि अध्यक्ष राउतले भनेका थिए, ‘किन हो किन मलाई एकपटक जापान गएर त्यो भूमिमा पुगेर साथीभाइलाई धन्यवाद दिऊँ जस्तो लागिराख्छ ।  मेरो व्यक्तित्व निर्माणमा, मेरो सोचमा र मेरो उपलब्धिमा जापानको ठुलो योगदान छ ।’

राउतले जापानमा रहेका नेपालीहरूसँग भेटघाट गर्नुका साथै त्यहाँ प्रवास गठन गर्ने विषयमा छलफल हुने उपाध्यक्ष साहले बताए । नौलो गणतन्त्रका लागि जनमतले आन्दोलनको तयारीमा छ, त्यसबारेमा त्यहाँका नेपालीहरूसँग छलफल गर्ने उनले बताए । जापान जाने क्रममा विमान स्थलमा पुगेर पूर्व मन्त्री एंव जनमतका बरिष्ठ उपाध्यक्ष अब्दुल खान लगायतका नेताहरुले बिदाई गरेका थिए । अध्यक्ष राउत चैत २५ गते नेपाल फर्किनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार