मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नरैनापुर गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता दिगोपना’ पालिका घोषणा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१३ असार २०८१, बिहीबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता दिगोपना’ पालिका घोषणा भएको छ । 

राष्ट्रिय खोप निर्देशिकाअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी जन्मेदेखि १५ महिना र १६ देखि ५९ मुनिका सम्पूर्ण बालबालिकालाई पूर्ण खोप लगाएको सुनिश्चितता दिगोपना घोषणा गरिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले बताउनु भयो । 

पूर्ण खोप पालिका घोषणा र दिगोपनाको अवस्थाको समीक्षा गर्ने, पालिकास्तरीय खोप सूक्ष्म योजना, दिगोपनाको योजना बनाउने र पूर्ण खोप सुनिश्चितताको लागि स्थानीय तह स्वास्थ्य संस्था र अन्य साझेदार तहको भूमिकामा साझेदारी र जिम्मेवारी बाँडफाँड गर्ने पूर्ण खोप सुनिश्चितता दिगोपनाको उद्देश्य रहेको नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीको भनाई थियो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इशितयाक अहमद शाहले चेतनाको कमी भएको पालिकामा मानिसको घर घर पुगेर अभियान नै चलाई यो सफलता हासिल गर्न सकिएको बताउनु भयो । उहाँले पालिकाले हरेक नागरिकलाई स्वस्थ राख्न र स्वास्थ्य सम्बन्धी हरेक आवश्यकता सहजै प्राप्त गर्ने वातावरण बनाउन लागिपरेको जिकिर गर्नु भएको थियो ।

जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरीले पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गर्नका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नु भयो । उहाँले स्वास्थ्य क्षेत्रमा पालिकालाई यो उपलब्धि दिलाउने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको आवश्यक माग पूरा गर्न पालिकाको ध्यानाकर्षण गराउनु भएको थियो ।

कार्यक्रममा वडा नं। १ का अध्यक्ष इसाक जोलाह, वडा नं। २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं। ६ अध्यक्ष प्रेम मौर्य, डब्लु।एच।ओ।का प्रतिनिधिहरू डा। प्रस्तुती शर्मा, सरला न्यौपाने, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगत बहादुर शाही, स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार