मुख्य समाचार
ठाकुरबाबा र मधुवनका युवालाई बाख्रा तथा बंगुरपालन सम्बन्धि सीप प्रदान | चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह | बर्दियाका सय युवालाई आर्थिक रुपमा सक्षम बनाउने अभियान | नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु |

लर्ड बुद्ध एजुकेशनल एकेडेमीका निर्वाचित पदाधिकारीहरुको पदभार तथा सपथ ग्रहण सम्पन्न

यूथ टुडे समाचारदाता 3423+ समाचार ( )
नेपालगन्ज मेडिकल कलेजमा रहेको सबैभन्दा पुरानो संगठन लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनका निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पदभार कार्यक्रम सम्पन्न भएको छ ।
४ श्रावण २०७९, बुधवार

कोहलपुर । नेपालगन्ज मेडिकल कलेजमा रहेको सबैभन्दा पुरानो संगठन लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनका निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण तथा पदभार कार्यक्रम सम्पन्न भएको छ ।

असार ३२ गते शिक्षण अस्पताल कोहलपुरमा भएको छैटौं अधिबेशनबाट सर्वसम्मत रुपले पदाधिकारीहरु चयन गरिएको थियो । उक्त अधिबेशनका निर्वाचन मण्डलका अध्यक्ष अब्दुल हुसेन खान, सदस्यहरु कुश्माखर बश्याल र शरद पोखरेलले निर्वाचन प्रक्रिया गराएका थिए । आज नेपालगन्ज मेडिकल कलेज कलेज शिक्षण अस्पताल कोहलपुरका निर्देशक डा- रेशम बहादुर रानाको प्रमुख आतिथ्यमा सपथ ग्रहण र प्रमाणपत्र वितरण गरिएको थियो । 

उक्त कार्यक्रममा अतिथिका रुपमा कोहलपुर शिक्षण अस्पताल कि मेट्रोन ललिता शर्मा, नेपालगन्ज नर्सिङ क्याम्पस कि प्रिन्सिपल सीमा भारती, प्रशासकीय अधिकृत संजय कुमार पन्त लगायतका अतिथिहरुको उपस्थितिमा प्रमाणपत्र वितरण तथा निर्वाचित पदाधिकारीहरुदाई निर्वाचन मण्डलका अध्यक्ष अब्दुल हुसेन खानले सपथ खुवाएका थिए ।

सपथ ग्रहण कार्यक्रम पश्चात् निर्वतमान सभापति कुश्माखर बश्यालले वर्तमान सभापति रत्ना कुमारी गिरीलाई संगठनको कार्यालयमा पदभार ग्रहण गरि पुराना कागजात हस्तान्तरण गरेका थिए । त्यसैगरी महासचिव केपी घिमिरेलाई निर्वतमान महासचिव रत्ना कुमारी गिरीले रजिस्टर हस्तान्तरण गरि आजै पहिलो बैठक बसी ३ वटा महत्त्वपूर्ण निर्णय गरेको संगठनका महासचिव केपी घिमिरेले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार