मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

गृहमन्त्री नारायणकाजीे ४ बुँदे माग सम्बोधन गर्ने भए पछि विनु यादवले तोडिन् अनशन

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१५ दिनदेखि अनशनरत सत्याग्रही विनु यादव र सरकार पक्षबीच चारबुँदे सहमति भएपछि आजै रातीबाट उनको सत्याग्रह तोडिएको छ।
१० जेठ २०८०, बुधवार

काठमाडौं । १५ दिनदेखि अनशनरत सत्याग्रही विनु यादव र सरकार पक्षबीच चारबुँदे सहमति भएपछि आजै रातीबाट उनको सत्याग्रह तोडिएको छ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विनुको सम्पुर्ण माग सम्बोधन गर्ने र न्याय दिलाईछाड्ने वचन दिएपछि जुस पिलाएर सत्याग्रह तोडिएको हो। रामेछापका पवन कठायतले विवाह अगाडि र पछाडि जबर्जस्ती करणी उद्योग गरेकोले उनलाई र उत्पीडकको पक्ष लिएर विनुमाथि ज्यादती गर्ने प्रहरी अधिकारी लगायत सबैलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने बिनु यादवको प्रमुख माग अब महान्यायाधिवक्ताको कार्यालयले मुद्दा बनाउने सहमति गृह मन्त्रालय र विनुबीच भएको छ।

अदातलमा विचाराधीन रहेका विषय अदालतबाट निरुपण हुने, अन्य मागका सम्बन्धमा क्षेत्राधिकार रहेको निकायमा लेखी पठाउने र विनुको स्वास्थ्योपचार र जीविकोपार्जनका लागि आवश्यक सहयोग गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लेखी पठाउने सहमति समेत भएको छ।

आफूमाथि जबर्जस्ती करणीको उजुरी फिर्ता गर्न दबाब दिने तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीमाथि कारबाही गर्नुपर्ने, उत्पीडकको पक्ष लिएर फैसला गर्ने न्यायाधीश बद्रीप्रसाद ओलीमाथि छानवीन गर्नुपर्ने र आफुमाथि यौन उत्पीडन गर्ने काका ससुरा पवन कठायतलाई कारबाही गर्नुपर्ने माग समेत विनुको छ।

सहमतिपत्रमा गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता जितेन्द्र वस्नेत र सत्याग्रही विनु यादव स्वयंले हस्ताक्षर गर्नुभएको छ। सहमतिको रोहवरमा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडा, 

अधिवक्ता इन्द्र प्रसाद अर्याल, गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी र महिला, वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी प्रमुख अधिकृत ममता विष्ट हुनुहुन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार