मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

हेलो सरकारमा बाँदरको समस्याबारे पनि गुनासो

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१९ भाद्र २०८०, मङ्गलबार

काठमाडौं । हेलो सरकारमा श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम हल्कारा पदमा नियुक्त भएको व्यक्तिको न्यूनतम पारिश्रमिक नपाएको सम्बन्धमा धेरै पटक गुनासो आएको छ ।

त्यस सम्बन्धमा गरिएको कारवाहीलाई हेर्दा अतिरिक्त हुलाक नियमावली, २०३४ बमोजिम हुने भएको भनी अर्थ मन्त्रालयबाट जानकारी प्राप्त भएकोले सोहीबमोजिम गुनासोकर्तालाई जानकारी गराइएको छ ।

प्रधानमन्त्री कार्यालयले आज सार्वजनिक गरेको हेलो सरकारको विवरणअनुसार बज्र सेक्युरिटी प्रालि करारमा रहेका कर्मचारीको सम्झौताबमोजिमको सञ्चयकोष लगायतका सुविधा प्राप्तिमा ढिलाइ भएको सम्बन्धमा पनि गुनासो आएको छ ।

धेरै गुनासाहरू भाइबर, फोन÷वेबपोर्टल, मोबाइल फोनबाट आएको छ । ११११ मा रिसिभ भएको फोन सङ्ख्या तीन सय ११, पार्टलमा आएका र पार्टलमार्फत सम्बन्धित निकायमा पठाइएका गुनासोको विवरण दुई सय, गुनासो फर्छ्योट सङ्ख्या ५५ ९टेलिफोनबाट फर्छ्योट भएको संस्था संलग्न नभएको० र सामाजिक सञ्जालबाट गुनासोको सङ्ख्या अत्यधिक आएको छ ।

‘सुत्केरी महिला निजामती सेवामा नियुक्ति भएमा निजलाई प्रसूति विदा दिन मिल्छ कि मिल्दैन स्पष्टसँग उल्लेख गरी जिज्ञासा समाधान गरिदिनु हुन पुनः अनुरोध छ, कृपया जिज्ञासालाई गम्भीरताका साथ दिई समाधान गरिदिनु हुन अनुरोध छ’, वेबपोर्टलको जिज्ञासामा भनिएको छ ।

त्यसैगरी महङ्गी बढेको, ग्यासको भाउ धेरै बढेको, सडकमा खाल्टाखुल्टी भएको, धुलो भएको, अदालतको फैसला कार्यान्वयन हुन नसकेको, बेरोजगारी बढेको र बाँदरको समस्याको बारेमा पनि हेलो सरकारमा गुनासो गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार