मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
३ वैशाख २०८३, बिहीबार

खजुरा । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले नयाँ शैक्षिकसत्र २०८३ का लागि आवश्यक पाठ्यपुस्तक बिक्री वितरण गरिरहेको छ । 

नयाँ शैक्षिकसत्रका लागि वैशाख २ गतेसम्ममा कार्यालयले ११ करोड ९८ लाख १० हजार २१८ रुपियाँ बराबरका पाठ्यपुस्तक बिक्री गरेको जनाएको छ । प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख रुद्र खनालले यस वर्षको शैक्षिकसत्रका लागि वैशाख २ गतेसम्म नेपालगन्ज कार्यालयबाट ११ करोड ९८ लाख १० हजार २१८ रुपियाँ बराबरको पाठ्यपुस्तक बिक्री गरिसकिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार वैशाख २ गतेसम्म आठ लाख ७८ हजार ६९१ थान पाठ्यपुस्तक बिक्री वितरण गरिएको छ । कर्णालीको हुम्लामा दुई वटा बिक्रेतामार्फत १५ हजार ९५८ थान, डोल्पामा १० वटा बिक्रेतामार्फत ३७ हजार १३८ थान, रुकुमपश्चिममा २१ वटा बिक्रेतामार्फत एक लाख ६६ हजार ३५५ थान, जाजरकोटमा चार वटा बिक्रेतामार्फत ३० हजार ९१७ थान र सल्यानमा १५ वटा बिक्रेतामार्फत ६५ हजार ५६७ थान पाठ्यपुस्तक बिक्री गरिएको छ ।

त्यसैगरी लुम्बिनीको रुकुमपूर्वमा दुई वटा बिक्रेतामार्फत ३० हजार ४२८ थान, रोल्पामा १५ वटा बिक्रेतामार्फत एक लाख ९१ हजार ३९१ थान, दाङमा चार वटा बिक्रेतामार्फत एक लाख ६१ हजार २४५ थान, बर्दियामा १४ वटा बिक्रेतामार्फत एक लाख १६ हजार ६७९ थान र बाँकेमा नौ वटा बिक्रेतामार्फत ६३ हजार १३ थान गरी जम्मा आठ लाख ७८ हजार ६९१ थान पाठ्यपुस्तक बिक्री गरिएको प्रमुख खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा चैत १६ गतेदेखि ३० गतेसम्म तालिका बनाएर सोहीबमोजिम जिल्ला जिल्लाका बिक्रेताहरुलाई पाठ्यपुस्तक बिक्री गरिएको थियो भने वैशाख १ गतेदेखि दोस्रो चरणअन्तर्गत पाठ्यपुस्तक बिक्री वितरण भइरहेको छ । 

कक्षा ३ को ३१ हजार ६२२ थान, कक्षा ५ को ७० हजार ७३४ थान, कक्षा ६ को एक लाख ४२ हजार १९३ थान, कक्षा ७ को एक लाख ४८ हजार १२० थान, कक्षा ८ को एक लाख ६४ हजार ७१५ थान, कक्षा ९ को एक लाख ५८ हजार ४५४ थान, कक्षा १० को एक लाख ५१ हजार ३१९ थान, कक्षा ११ को पाँच हजार ७७३ थान र कक्षा १२ को पाँच हजार ७६१ थान पाठ्यपुस्तक बिक्री गरिएको प्रमुख खनालले जानकारी दिनुभयो ।

नेपालगन्ज कार्यालयमार्फत कर्णालीको हुम्ला, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र सल्यान गरी पाँच जिल्ला तथा लुम्बिनी प्रदेशका रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके गरी पाँच जिल्लासहित १० वटा जिल्लामा पाठ्यपुस्तक वितरण हुने गरेको छ ।

गत  वर्ष १० जिल्लाका १२० बिक्रेतामार्फत् १९ करोड ६० लाख रुपियाँ बराबरका १४ लाख ७३ हजार थान पुस्तक बिक्री वितरण भएको र यस वर्ष २१ करोड रुपियाँ बराबरका १५ लाख ९१ हजार थान पुस्तक बिक्री गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।

जनक शिक्षा सामग्री केन्द्रले विराटनगर, पोखरा, भरतपुर, जनकपुर, बुटवल, सुर्खेत, नेपालगन्ज, धनगढी र काठमाडौँ गरी ९ स्थानमा रहेका आफ्नो बिक्री केन्द्रबाट पाठ्यपुस्तकहरू बिक्री गर्दैआएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार