मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

झाडापखालाका विरामीको लागि नरैनापुर मै छुट्टै उपचार कक्ष स्थापना

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२३ भाद्र २०८१, आइतबार
बाँके । मौसम परिवर्तनसँगै बाँकेको नरैनापुरमा झाडापखालाका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तन, खानपिनमा समस्या, पानीको स्रोत दूषित हुनु, खुला दिसा गर्ने परम्परा, पानी निर्मलीकरण नगरी पिउनु लगायतका कारणले नरैनापुरमा झाडापखाला देखिएको हो ।
दुई सातादेखि नरैनापुरमा झाडापखालाका बिरामीको संख्या बढ्न थाले पछि नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखाले आज शनिवार नरैनापुर -६ गंगापुर स्वास्थ्य चौकीमा आपतकालीन स्वास्थ्य सेवा सुरु गरेको स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले जानकारी दिनु भयो । 
नरैनापुरमा झाडापखालाका बिरामी बढ्दै गएपछि छुट्टै वार्ड (उपचार कक्ष) को स्थापना समेत गरिएको छ । उक्त वार्डमा १० देखि १५ जना बिरामीलाई भर्ना गरेर उपचार गर्न सकिने संयोजक शाहले बताउनु भयाे । 
झाडापखालाका बिरामीको उपचारका लागि आठ जना स्वास्थ्यकर्मी राखिएको छ भने आज मात्रै ५ जनालाई भर्ना गरेर उपचार सुरु गरिएको शाहले जानकारी दिनु भयो । 
‘नरैनापुरमा झाडापखाला देखिन सक्ने अनुमान गरिएपछि हामीले पालिका अन्तर्गतको स्वास्थ्य संस्थामा छुट्टै वार्ड बनाएका छौं,’ शाहले भन्नुभयो, ‘जसले गर्दा झाडापखालाका बिरामीलाई सहज ढंगले उपचार हुने विश्वास छ ।’
नरैनापुर गाउँपालिका–३, गेगलीमा चार जना र नरैनापुर ६ सोनबर्षामा थप एक जना महिलाको मृत्यू भए पछि झन् सजकता अपनाइएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयाे । 
उनीहरूको फरक फरक मितिमा मृत्यु भएको नरैनापुर गाउँपालिका अन्तर्गतको स्वास्थ्य शाखाले जनाएको छ । ‘हामीले यहाँ पानीको जाँच गरिरहेका छौं,’ नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख शाहले भन्नुभयो,  ‘पानीमा कीटाणु हुन सक्ने अनुमान गरेका छौं ।’ गाउँ-गाउँमा महिला स्वयंसेविका परिचालन गरि बिरामीको पहिचान र स्वास्थ्य सचेतना अभियान सुरु गरेको जानकारी दिनु भयो । 
टाउको दुख्ने र झाडापखाला लागेको केहि समय पछि ती व्यक्तिहरुको मृत्यु भएको थियो  । 
नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले झाडापखालालाई सामान्य मान्ने हो भने यसले प्रकोपको रुप लिन सक्ने बताउनु भयाे । उहाँले भन्नुभयो बिरामी हुने बित्तिकै स्थानिय स्वास्थ्य संस्थामा आएर उपचार गराउन अपिल गर्दछु । 
नरैनापुरको सोनवर्षा गाउँमा अहिले पनि झाडापखालाका ३० जना भन्दा बढि बिरामी छन भने गेगली गाउँ लगायत आसपासका गाउँहरूमा दर्जनौ व्यक्ति झाडापखालाबाट प्रभावित रहेको वडा नं ३ का अध्यक्ष अजय मिश्राले जनाकारी दिनु भयो । 
सिकिस्त बिरामीलाई अस्पतालमा भर्ना गरिने र अरूलाई उपचार हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार