मुख्य समाचार
विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन |

नेपालगञ्ज १९ का वृद्ववृद्धा भन्छन्, ‘जीत माओवादी कै हो’

महमूद आलम खान 1133+ समाचार ( )
आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित चुनावी घरदैलो कार्यक्रममा माओवादी उम्मेद्वार जिताउन वृद्ववृद्धाको पनि जोश र जाँगर युवाजस्तै देखिएको छ ।
२० वैशाख २०७९, मङ्गलबार

बाँके । नेपालगञ्ज १९ का वृद्ववृद्धाको एउटै बोली छ, ‘अहिलेको चुनावमा जित माओवादी कै हो ।' अघिल्लो निर्वाचनमा बिजय भएका वडा अध्यक्ष लगायत जन प्रतिनिधिहरुले जनभावना विपरित काम गरेको बताउदै अबको निर्वाचनमा माओवादी उम्मेदवारलाई बिजय गराउने बताउनु भयो । 

आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित चुनावी घरदैलो कार्यक्रममा माओवादी उम्मेद्वार जिताउन वृद्ववृद्धाको पनि जोश र जाँगर युवाजस्तै देखिएको छ ।

कंठीपुर गाउँ निवासी ८० वर्षीय मनरुपी सुनारले अब निश्चित रुपमा विजयी हुने ठोकुवा गरिन । उनले नेपालगञ्ज १९ माओवादीमय हुने विश्वास व्यक्त गरेका छन् । उनले थपे, ‘ढुक्क भए हुन्छ, जित माओवादी केन्द्रको हो, हाम्रो हो ।’

अर्का वृद्व गोपी कामीले नेपालगञ्ज १९ मा अग्रजले राखेको कृतिमान र विरासत कायम राख्नु अहिलेको पुस्ताको मुख्य जिम्मेवारी भएको बताउँदै युवा जागरुक भएर जसरी हुन्छ, अहिलेको अन्य दललाई परास्त गरेर माओवादी उम्मेदवारलाई जिताउन सुझाव दिएका छन् ।

यो पटक माओवादीको तर्फबाट वडा नं १९ मा वडाध्यक्ष पदका उमेद्वार शम्भु नाथ योगी, सदस्य गोमती प्रसाद शर्मा, ललौ महाउत, महिला सदस्य मन्जु ज्ञवाली, दलित महिला सदस्य शान्ता परियार चुनावी मैदानमा छन् ।

चुनावको मिति नजिकिँदै गर्दा माओवादी उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त बनेको माओवादी केन्द्रकि जिल्ला सदस्य एवं १९ कि इन्चार्ज मिना मल्ल पुनले बताउनु भयो । उहाँले वडाको बिभिन्न टोलमा पुगेर घरदैलो गर्ने क्रममा जनताको साथ पाएको जानकारी दिनु भयो ।

यस्तै आज मुस्लिमको महान् चाड इदका दिन गाउँ पुग्दा मुस्लिमहरुले समेत परिवर्तनका निम्ति संघर्ष गरेको पार्टी माओवादी भएकोले माओवादी नै यस पालि बिजय हुने स्थानीयहरुले बताएको नेतृ मिना मल्ल पुनले जानकारी दिनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार