मुख्य समाचार
पत्रकार आशिष मल्लमाथि रड प्रहार : आक्रमणकारीको तत्काल पहिचान गरी कारबाही गर्न पत्रकारहरूको माग | ४७ युवालाई उद्यमशीलता विकास तालिम, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित | भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने | हरेक वर्ष १ करोड २० लाख बालिकाको बालविवाह | सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन | आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया | पुराना कानुन खारेज गरी अर्थतन्त्रलाई सहज बनाउनुपर्छ : अर्थमन्त्री | वालेनको टिम ‘ब्रान्डिङ’ को आफ्नै पारा | बालेन–मोदीले गरे महाकाली नदीमाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन |

मानव अधिकार रक्षकहरूको लागि प्रदेश सरकारले विमाको व्यवस्था गर्नु पर्छ - श्रेष्ठ

महमूद आलम खान 1133+ समाचार ( )
मानव अधिकार रक्षकहरूको लागि सुरक्षा ऐनको आवस्यकता रहेको बताउदै मानव अधिकार रक्षकहरूको परिचय पत्र दर्ता गरिनु पर्ने बताउनु पर्छ
११ मंगशिर २०७८, शनिबार

बाँके । मानव अधिकार रक्षकहरूको सुरक्षाको विषयलाई प्राथमिकतामा राख्नु पर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजना र डिसिएको सहयोगमा नेपालगञ्जमा आयोजित मानव अधिकार रक्षकहरूको अवस्था र सुरक्षाको सवाल विषयक छलफल कार्यक्रममा नेपाल बारका उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले उक्त कुरामा जोड दिनु भएका हुन् ।

श्रेष्ठले मानव अधिकार रक्षकहरूको लागि सुरक्षा ऐनको आवस्यकता रहेको बताउदै मानव अधिकार रक्षकहरूको परिचय पत्र दर्ता गरिनु पर्ने बताउनु भयो । उहाँले मानव अधिकार रक्षकहरूको लागि प्रदेश सरकारले विमाको व्यवस्था गर्नु पर्ने बताउदै मानव अधिकार रक्षकहरूको विषयमा आचार संहितालाई अनुसुचिमा राख्नुपर्ने बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोगकी अधिकृत द्धारिका अधिकारीले मानव अधिकार रक्षकहरू सुरक्षित भए अरूको अधिकारको लागि काम गर्न सक्ने बताउदै मानव अधिकार रक्षकहरूले परिचय पत्रको दुरूपयोग हुन सक्ने विषयमा ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।

इन्सेक सधारण सदस्य कृष्णमुरारी प्रसाद भट्टले मानव अधिकार रक्षकको रुपमा काम गर्दै आएका ज्येष्ठ नागरिकहरूलाई पनि मानव अधिकार क्षेत्रमा समेटेर आगाडि बढ्न सुझाउनु भयो ।

इन्सेकका प्रदेश संयोजक भोला महतले सशस्त्र द्वन्द्वको समयमा मानव अधिकारकर्मीहरूले भोग्नु परेका समस्या रचुनौतिहरूको बारेमा बताउँदै इन्सेकले मानव अधिकार रक्षकहरूको सुरक्षा र अधिकारको सुनिश्चित गर्न आवाज उठाएको बताउनु भयो ।

संयोजक महतले मानव अधिकार रक्षकहरूको विषयमा प्रदेश तहमा छलफल गरी सुझाव संकलन गरिएको र प्राप्त सुझावलाई समेटेर प्रदेश सरकारलाई बुझाउने बताउनु भयो ।

जिल्ला बारका अध्यक्ष जनकबहादुर शाहीले मानव अधिकार रक्षकसम्बन्धी बनेको विधेयकमा मानव अधिकार रक्षकहरूको सामाजिक सुरक्षाको विषयलाई प्रष्ट पार्नु पर्ने बताउनु भयो ।

अधिकारकर्मी रविन्द्र कर्णले मानव अधिकार रक्षकहरूले चुनौति भोग्नु परेकोले सुरक्षाको प्रत्याभूति हुनु पेर्न बताउनु भयो ।

नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगीले सासंदबाट पारित भएको मिडिया सम्वन्धी विधेयकले प्रेस स्वतन्त्रतालाई खुम्च्याएकोले उक्त विधेयक हटाउन आवश्यक रहेको जिकिर गर्नु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार