मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

गठबन्धन दलबीच सिटको बाँडफाँटमा ८० प्रतिशत सहमति - सह-महामन्त्री राठौर

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
‘बर्दिया लगायत केही जिल्लामा एउटा क्षेत्र माओवादीले लिने, एउटा क्षेत्र हामीले लिने भनेको जस्तो यस्तो केही जिल्लामा कसरी तालमेल गर्ने भन्ने विषयमा अझै टुंगो भएको अवस्था छैन, होईन भने अरु सबै कुरा टुंगिसकेको अवस्था छ,’ नेपालगन्ज विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग भने ।
५ अशोज २०७९, बुधवार

बाँके । नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौंरले गठबन्धन दलबीच सिटको बाँडफाँटमा ८० प्रतिशत सहमति भइसकेको बताएका छन् । ‘बर्दिया लगायत केही जिल्लामा एउटा क्षेत्र माओवादीले लिने, एउटा क्षेत्र हामीले लिने भनेको जस्तो यस्तो केही जिल्लामा कसरी तालमेल गर्ने भन्ने विषयमा अझै टुंगो भएको अवस्था छैन, होईन भने अरु सबै कुरा टुंगिसकेको अवस्था छ,’ नेपालगन्ज विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग भने । 

राठौरले बर्दिया २ मा माओवादीले नछाडे आफु बाँकेको ३ नम्बर क्षेत्रमा चुनाव लड्ने बताए । ‘मैले २० वर्षदेखी बर्दिया क्षेत्र नम्बर २ बाट राजनीति गरिरहेको अवस्था हो, मेरो ६० वर्षदेखी नेपालगन्जमा घर छ, तर बर्दियामा जिरोबाट आफ्नो राजनीति सुरु गरे, संगठन पनि सुरु गरेको हो,’ उनले भने ‘मैले बर्दिया क्षेत्र नम्बर २ छाड्नुपर्यो भने बाँके क्षेत्र नम्बर ३ मा आउने सोच बनाइरहेको परिस्थिती हो, तर अहिलेसम्म टुंगो गरेको परिस्थिती होइन ।’ 

अर्को प्रसंगमा उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नु असंम्बैधानिक कदम भएको बताए । ‘राष्ट्रपतिको यो असंम्बैधानिक कदम हो, यसमा चाही नेपाली कांग्रेसको सहमती छैन,’ उनले भने । राष्ट्रपतिलाई पहिलो चोटी फिर्ता गर्न अधिकार भएपनि दोस्रो पटक पनि फिर्ता गर्नु असंम्बैधानिक भएको नेता राठौंरले जिकिर गरे ।

नागरिकता नपाएर लाखौं जनताले दुःख पाइरहेको अवस्थामा, छिटो भन्दा छिटो नागरिकता दिनुपर्नेमा राष्ट्रपतिले फिर्ता गर्नु संविधान सम्वत नभएको उनले बताए । ‘हिजो यही कुरा केपी ओलीले अध्यादेशबाट ल्याउनु भएको हो, नयाँ कुरा केही पनि छैन, यसलाई राष्टपतिले फिर्ता गर्नु संविधान सम्वत छैन,’ राठौंरले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार