मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

आन्दोलनकारीलाई हात जोडेर अदालत पूर्णरुपमा जलाउन जोगाएकी प्रहरी सहायक हवल्दारलाई सम्मान

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
२३ अशोज २०८२, बिहीबार

रुपन्देही । जेनजी आन्दोलनमा भदौ २४ गते केही पात्रहरुलाई चर्चामा ल्याएको छ । यस्तै चर्चाकी पात्र हुन् दाङको जिल्ला अदालत पूर्ण क्षति हुनबाट आन्दोलनकारीलाई हात जोडेर जोगाएकी प्रहरी सहायक हवल्दार संगीता अधिकारी ।

सबैतिर आन्दोलनले उग्ररुप लिन थालेपछि सबै स्थानका सुरक्षा कमाण्डरले पहिलो प्राथमिकता आफ्नो सुरक्षा भएको बताउँदै सबैलाई हतियार जोगाउन र आफ्नो चौकीमा पुग्न निर्देशन गरिसकेका थिए ।

धेरै सुरक्षाकर्मीहरु नै आन्दोलनकारीको अगाडि देखिन छाडेपनि संगिता आफ्नो हतियार कमाण्डरलाई बुझाएर आन्दोलनकारीलाई दुई हात जोडेर बिन्ति गरिरहेकी थिइन् यो सम्पत्ति सरकारको हो, यसमा क्षति पुराएर कसैलाई फाइदा छैन, भोलि सबैलाई चाहिने हो, ठूलो धनराशी खर्च भएको छ ।

अधिकांश आन्दोलनकारीले उनलाई धकेलेरै भित्र पस्न र आगजनी गर्न लागिरहेका थिए भने केही उनीसँग बाझिइरहेका थिए ।

आन्दोलनकारीको कब्जामा गइसकेको अवस्थामा पनि उनी अदालत परिसरको गेटमै बसेर आन्दोलनकारीलाई हात जोडेर बिन्ति गरिरहेकी थिइन् कृपया यसलाई अब क्षति नपुराऔं । यहाँ धेरै पुराना कागजपत्रहरु छन्, धेरैका प्रमाणहरु छन् यी जलाउँदा कसैलाई फाइदा हुँदैन ।

संगिताले गरेको यो प्रयासको भिडियो केही स्थानीयले तत्काल सामाजिक सन्जालमा राखेपछि उनी भाइरल भइन् सबैले उनलाई स्याबासी दिइरहे ।

त्यसो त संगिताले यस्तो बिन्ति गरिरहँदा उनका सहकर्मीहरु आफ्नो ज्यान जोगाउन गइसकेका थिए भने कमाण्डर पनि ।

‘मेरो कमाण्डरले पहिले आफ्नो शरिरको ख्याल गर्न र हतियार जोगाउन निर्देशन गरिसक्नुभएको थियो तर मेरो मनले मानेन, यति धेरै आन्दोकारीमध्ये कुनै न कुनै त कुरा बुझने हुनुहोला भनेर प्रयास गरेको थिएँ’ उनले भनिन् ।

बिहीबार उनको यो प्रयासको सम्मान गर्दै अदालतका न्यायधीश, कर्मचारी सबैले संस्थागत रुपमै सम्मान गरेका छन् । सम्मानका क्रममा पनि उनले उही पुरानो कुरा दोहोराएकी छन् ।

’भदौ २४ गते ड्युटीमा थिएँ, डेढ वर्षदेखि यो अदालतमा सुरक्षार्थ खटिएकी प्रहरी सहायक हवल्दार हुँ म धेरै बोल्न भने जान्दिन’, उनले भनिन्, ‘जेनजी आन्दोलनमा भवन जलिरहेका थिए, म रहेको भवन पनि तोडफोडपछि जलाउने प्रयास भएको थियो, यी भवन जलेपछि पालो हाम्रो हो भन्ने लाग्यो, खाली हात थिएँ, कमाण्डरले सकेसम्म ज्यान जोगाउन भनिसक्नुभएको थियो, मलाई लाग्यो सकेसम्म जुन कार्यालयमा काम गरिरहेको थिएँ त्यसलाई जोगाउने प्रयास गर्नुपर्छ ।’

उनले भनिन् ‘आन्दोलनकारीमध्ये केहीले बुझ्ने हुनुहोला भन्ने लाग्यो र प्रयास गरेँ, सबै जोगाउन त सकिन तर जति सकेँ गरेको हुँ ।’

विश्लेषक उदय जिएमले एकजना कुशल महिला प्रहरीको कारण करोडौं खर्चेर भर्खरै निर्माण सम्पन्न भएको दाङ जिल्ला अदालत बचाउन सफल भएको भन्दै सामाजिक सन्जालमा प्रशंसा गरेका छन् ।

‘एक जनाको प्रयासले पनि ठूलो क्षति कम हुने रहेछ, राज्यले र नेपाल प्रहरीले यी महिला कर्मचारीलाई जति नै सम्मान गरे पनि कमै हुन्छ । यसरी बिन्ती गरेर सम्झाइबुझाइ जनताको करबाट बनेको जिल्ला अदालत दाङ बचाउनु भएको हो’, उनले भनेका छन् ।

दाङकै विपिन अधिकारीले भनेका छन्, ‘उहाँलाई कसैले सम्मान गरेको हेर्ने रहर थियो,अदालतले सम्मान गरेछ, खुशी लाग्यो । आन्दोलनका क्रममा खाली हात रहनुभएकी उहाँले एक्लै आन्दोलनकारीहरुलाई सम्झाएर, बिन्ती गरेर जिल्ला अदालत दाङलाई बचाउनुभएको थियो । उहाँलाई सलाम, उहाँलाई सिधै एक तह बढुवा गरियोस् । यसरी पनि प्रहरीको मनोबल बढाउन सकिन्छ’, उनले भनेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार