मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

आँखा पाक्ने रोग प्रकोपको रुपमा बढेपछि नरैनापुरका विद्यालय बन्द

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
भिडभाड हुने स्थानमा भौतिक दुरी टाढा बनाउन अध्यक्ष शाहको अपिल
२४ श्रावण २०८०, बुधवार

नरैनापुर । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि बाँकेको नरैनापुरका विद्यालयहरू ४ दिनका लागि बन्द गरिएको छ। नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहलाई आँखा पाक्ने रोगको संक्रमण हुनुका साथै बालबालिका समेत उक्त रोगबाट प्रभावित भए पछि गाउँपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न गाउँपालिका अध्यक्ष शाहको निर्देशन पछि विद्यालय बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिनुभयो ।

आँखा पाक्ने रोग महामारीका रूपमा देखा परेपछि नरैनापुरमा सबैभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । नरैनापुर गाउँपालिकाका रहेका बिधालय र मदरसाहरुलाई आजदेखि चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहका अनुसार स्वास्थ्य संस्थाहरुमा आँखा उपचारको लागि दैनिक ५० देखि दुई सयसम्म बिरामी आउने गरेकोमा ७० प्रतिशत बिरामीलाई आँखा पाक्ने रोग ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ को सङ्क्रमण देखिएको हो ।

शाहले भन्नुभयो,आँखा पाक्ने रोगबाट सबै उमेर समूह सङ्क्रमित भइरहेकाे भए पनि बालबालिकाहरूमा छिटो र धेरैको सङ्ख्यामा सङ्क्रमित भएका छन् ।

आँखाको सेतो भाग सुन्निने र रातो हुने यो रोगलाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यसको सङ्क्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय सङ्क्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिएको चिकित्सकहरू बताउँछन् ।

यो रोग लाग्दा सङ्क्रमित व्यक्तिको आँखाबाट पानी निस्कने, चिप्रा लाग्ने हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले स्वस्थ व्यक्तिको आँखामा पुग्दा सङ्क्रमण सर्छ । त्यसैले सङ्क्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिले हात नियमित रूपमा साबुनपानीले धुनुपर्ने नेत्र विशेषज्ञ निशा शाहको सुझाव छ । उहाँले भन्नुभयो यस्तो सङ्क्रमण भएका बेला तौलिया, रुमाल, लुगाफाटो, मेकअपका सामान अरूलाई प्रयोग गर्न दिनु हुँदैन । 

नरैनापुरमा यो रोग भयावह बन्दै जान थालेपछि सरकारी सेवा समेत प्रभावित भएको छ भने अन्य दैनिकी गतिविधिहरू पनि कम हुँदै गएको छ । यो प्रकोप अझै १०/१५ दिनसम्म रहने चिकित्सकहरू बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार