मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

अनुमति बिना हज गर्न खोज्ने २६९६७८ हज यात्रीहरूलाई मक्का प्रवेशमा रोक

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
सरकारले साउदी नागरिक र प्रवासी दुवै विरुद्ध कारबाही गर्नेछ । हज नियम तोड्ने २३ हजारभन्दा बढी व्यक्तिहरूलाई जरिवाना गरिएको छ । ४०० हज कम्पनीहरूको लाइसेन्स रद्द गरिएको छ ।
२० जेठ २०८२, सोमबार

जेद्दाह । साउदी अरबको सरकारले अनुमति बिना हज गर्न खोज्ने दुई लाख ६९ हजार ६७८ हज यात्रीहरूलाई मक्का प्रवेश गर्नबाट रोकेको छ । हज यात्रालाई सुरक्षित र व्यवस्थित राख्न यो कदम चालिएको हो । 

हरेक वर्ष लाखौँ मानिसहरू त्यहाँ हजको लागि जान्छन् । यति बेला ठुलो जमातमा मानिसहरू जान्छन् जसका कारण अनेकौँ सुरक्षा समस्याहरू निम्तिन्छन् ।

गत वर्ष चर्को गर्मीका कारण हजका क्रममा धेरै मानिसहरूले ज्यान गुमाएका थिए, जसमा अनुमति बिना आएकाहरूको ठुलो संख्या पनि समावेश थियो । अनधिकृत यात्रुहरूको भीडका कारण यस्ता घटनाहरू बढी हुने सरकारको भनाइ छ । 

सरकारले अनुमति बिना हज गर्नुलाई अपराध मानिने र यसका लागि सजाय पनि तोकेको स्पष्ट पारेको छ । जसमा ५ हजार डलरसम्मको जरिवाना पनि छ  ।

सरकारले साउदी नागरिक र प्रवासी दुवै विरुद्ध कारबाही गर्नेछ । हज नियम तोड्ने २३ हजारभन्दा बढी व्यक्तिहरूलाई जरिवाना गरिएको छ । ४०० हज कम्पनीहरूको लाइसेन्स रद्द गरिएको छ ।

यस वर्ष सुरक्षा उद्देश्यका लागि हजमा पहिलो पटक ड्रोन प्रयोग गरिँदै छ । साउदी नागरिक सुरक्षाले प्रविधिको प्रयोगले हजलाई सुरक्षित र व्यवस्थित बनाउन मद्दत गर्ने बताएको छ । ‘प्रत्येक तीर्थयात्री हाम्रो निगरानीमा छन् र नियम तोड्ने जो कोही पनि हाम्रो हिरासतमा हुनेछ ।’ लेफ्टिनेन्ट जनरल मोहम्मद अल–ओमारीले भनेका छन् । यस वर्ष अहिलेसम्म १४ लाखभन्दा बढी अधिकृत तीर्थयात्री मक्का पुगेका छन् ।  आगामी दिनहरूमा अझ धेरै मानिसहरू पुग्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार