मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

अन्सारीलाई दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१२ फाल्गुन २०८१, सोमबार

काठमाडौं । मानवअधिकारवादी तथा महिला सशक्तीकरणकी अभियान्ता मोहना अन्सारीलाई २०८१ सालको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ।

पुरस्कार कोषका संस्थापकमध्येका हरिहर अर्याल र राजेन्द्रप्रसाद अर्यालको उपस्थितिमा केन्द्रका अध्यक्ष वरिष्ठ इ ईश्वरचन्द्र बानियाँको अध्यक्षतामा यही फागुन ११ गते बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो। उक्त पुरस्कार यही फागुन १७ गते प्रदान गरिने स्मृति केन्द्रका महासचिव कपिलचन्द्र खनालले बताए। पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ। 

गोरखामा १९६३ सालमा जन्मिएका शिक्षासेवी, इतिहासविज्ञ तथा समाजसेवी दण्डपाणि अर्ज्याल इतिहास, ज्योतिष शास्त्र र संस्कृतिका अध्येता थिए। नन्दकुमारी उनकी धर्मपत्नी थिइन्। उनीहरूको नाममा पुरस्कार स्थापना गरिएको हो। 

२०६२ सालमा स्थापित स्मृति केन्द्रले आफ्नो स्थापनाकालदेखि राष्ट्रिय महत्वका विषयमा योगदान पुर्‍याउने राष्ट्रिय प्रतिभालाई सम्मान गर्दै आएको छ। यसअघि इतिहासकार ज्ञानमणि नेपाल, साहित्यकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकारद्वय तुलसीराम वैद्य र दिनेशराज पन्त, साहित्यकार डा मोदनाथ प्राश्रित, शिक्षासेवी प्रा डा सुरेशराज शर्मा, राजनीतिक विश्लेषक प्रा डा सुरेन्द्र केसीलगायतका व्यक्तिलाई सम्मान गरिसकेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार