मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

बाँके क्षेत्र नं.३ प्रतिनिधि सभाका लागि नेपाली काङ्ग्रेसले गर्यो उम्मेदवार सिफारिस

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
बैठक बाट बाँके क्षेत्र ३ बाट संबिधान सभा सदस्य बादशा कुर्मी,संबिधान सभा सदस्य आशा बि क महासमिति सदस्य मेघराज ओलि महासमिति सदस्य लक्ष्मी नारायण शाह,क्षेत्र नं.३ क्षेत्रीय सभापति मो.नकि खां,महाधिवेशन प्रतिनिधि देब बहादुर खत्री,उत्तम राज घिमिरे,लुम्बिनी प्रदेश महासमिति प्रतिनिधि तेजेन्द्र कंडेल प्रत्यक्ष निर्वाचन तर्फ सिफारिसमा पर्नुभएको छ।
१६ भाद्र २०७९, बिहीबार

बाँके । अगाडि मंसिर ४ गते हुने प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँके क्षेत्र नं.३ बाट नेपाली काङ्ग्रेसले प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस केन्द्रिय उप सभापति पुर्ण बहादुर खड्का सह महामन्त्री किशोर सिंह राठाेर र केन्द्रिय सदस्य आरजु राणा देउवा लगाएत नेपाली काङ्ग्रेसका राष्ट्रिय नेतृत्वको रोजाईमा परेको क्षेत्र नं.३ क्षेत्रीय सचीव ज्ञान बहादुर ओलिले जानकारी दिनुभयो।

उक्त बैठक बाट बाँके क्षेत्र ३ बाट संबिधान सभा सदस्य बादशा कुर्मी,संबिधान सभा सदस्य आशा बि क महासमिति सदस्य मेघराज ओलि महासमिति सदस्य लक्ष्मी नारायण शाह,क्षेत्र नं.३ क्षेत्रीय सभापति मो.नकि खां,महाधिवेशन प्रतिनिधि देब बहादुर खत्री,उत्तम राज घिमिरे,लुम्बिनी प्रदेश महासमिति प्रतिनिधि तेजेन्द्र कंडेल प्रत्यक्ष निर्वाचन तर्फ सिफारिसमा पर्नुभएको छ।

त्यसैगरी समानुपातिक तर्फ पुर्ब सांसद कृष्णमाण श्रेष्ठ,महाधिवेशन प्रतिनिधि कृष्ण बि के रसाइली,हरिभक्त उप्रेती,गगन बि क,अनिता योगि,शेर बहादुर गुरुङ,अर्जुन सिंह पाण्डे,पुष्पा सुनार र चक्र बहादुर महत गरि कुल ९ जनालाई नेपाली काङ्ग्रेस क्षेत्रीय सचीव ज्ञान बहादुर ओलिले जानकारी दिनुभयो।

उक्त निर्वाचन क्षेत्र नं.३ मा २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा संबिधान सभा सदस्य बादशा कुर्मी र तत्कालीन नेकपा बाम गठबन्धन बाट नन्दलाल रोकाय निर्बाचित हुनुभएको थियो।

अब यसरी क्षेत्रीय कमिटीले गरेको सिफारिस जिल्ला प्रदेश हुँदै अन्तिम केन्द्रिय कमिटीले टुङ्गो लगाउने सचिव ओलिले बताउनुभयो।

गठबन्धननै भएर संघ र प्रदेशको निर्वाचन भए पुर्ब मन्त्री संबिधान सभा सदस्य दल बहादुर सुनार नेकपा एकीकृत समाजवादी बाट एकल सिफारिसमा पर्नुभएको छ।अब कस्को भागमा पर्छ त्यसपछि मात्र निर्धारण हुने छ।पुर्बवत समझदारी अनुसार नेकपा एमालेले जितेको ठाँउमा नेकपा एकीकृतले जित्ने आधारमा दिन्छ अथवा स्थानीय तह निर्वाचनमा भए जस्तै आ आफ्नो उम्मेदवारलाई आ आफ्नो तरिकाले निर्वाचनमा जान्छ हेर्न लायक हुने छ बाँके क्षेत्र नम्बर ३ सबैको नजरमा पर्ने देखिएको छ। 

नेकपा एमाले बाट समेत जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपती,जिल्ला सचीव रत्न खत्री र भिम ओलिको चर्चा छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार