मुख्य समाचार
तीन सयभन्दा बढी विद्यार्थी तथा अभिभावकको निःशुल्क कान परीक्षण | पत्रकारमाथि सांघातिक आक्रमणको २४ घण्टा बित्दा पनि अपराधी पक्राउ परेनन्, प्रहरीको अनुसन्धानमाथि प्रश्नैप्रश्न | पत्रकार आशिष मल्लमाथि रड प्रहार : आक्रमणकारीको तत्काल पहिचान गरी कारबाही गर्न पत्रकारहरूको माग | ४७ युवालाई उद्यमशीलता विकास तालिम, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित | भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने | हरेक वर्ष १ करोड २० लाख बालिकाको बालविवाह | सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन | आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया | पुराना कानुन खारेज गरी अर्थतन्त्रलाई सहज बनाउनुपर्छ : अर्थमन्त्री |

तीन सयभन्दा बढी विद्यार्थी तथा अभिभावकको निःशुल्क कान परीक्षण

यूथ टुडे समाचारदाता 3695+ समाचार ( )
लायन्स क्लब अफ नेपालगन्ज जीवन र बीएन कान अस्पतालको सहकार्यमा विद्यालयमा एकदिने कान परीक्षण कार्यक्रम
१४ मंगशिर २०८३, आइतबार

बाँके । विद्यार्थीमा कानसम्बन्धी समस्या समयमै पहिचान गरी श्रवण स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपालगन्जस्थित हैप्पी होप बोर्डिङ स्कुल, नहरपुरुवामा एकदिने कान परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लब अफ नेपालगन्ज जीवनको आयोजना तथा बीएन कान अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा तीन सयभन्दा बढी विद्यार्थी, अभिभावक तथा विद्यालयका कर्मचारीको कान परीक्षण गरिएको आयोजकले जनाएको छ ।

विद्यालयस्तरमै स्वास्थ्य परीक्षणको पहुँच पुर्‍याउने र बालबालिकामा देखिन सक्ने कानसम्बन्धी समस्या प्रारम्भिक चरणमै पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कानको नियमित परीक्षण, सरसफाइ तथा श्रवण स्वास्थ्यप्रति सचेत रहनुपर्ने सन्देशसमेत कार्यक्रममा दिइएको थियो ।

कार्यक्रममा विद्यालयका अध्यक्ष सागर ज्ञवाली, म्यानेजिङ डाइरेक्टर चेतलाल गिरी, लायन्स क्लब अफ नेपालगन्ज जीवनका अध्यक्ष मोहम्मद ज्याउल हक, संस्थापक अध्यक्ष जीवन शर्मा तथा निवर्तमान अध्यक्ष तेजेन्द्र विकलगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै लायन्स क्लबका अध्यक्ष मोहम्मद ज्याउल हकले विद्यार्थीको स्वास्थ्य र उज्ज्वल भविष्यलाई ध्यानमा राखेर यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिइएको बताए । उनले समुदायमा स्वास्थ्य सचेतना फैलाउनुका साथै आवश्यकताअनुसार स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न क्लबले आगामी दिनमा पनि सामाजिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी विद्यालयका अध्यक्ष सागर ज्ञवाली र म्यानेजिङ डाइरेक्टर चेतलाल गिरीले विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक विकाससँगै स्वास्थ्य र समग्र व्यक्तित्व विकास पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए । उनीहरूले विद्यालयमै पुगेर कान परीक्षण सेवा उपलब्ध गराएकोमा आयोजक तथा प्राविधिक सहयोगी संस्थाप्रति आभार व्यक्त गरे ।

संस्थापक अध्यक्ष जीवन शर्माले सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउन लायन्स क्लबले विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे । 

कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ नेपालगन्ज जीवनका निवर्तमान अध्यक्ष तेजेन्द्र विकले गरेका थिए ।

विद्यालयमा आयोजित यस प्रकारका स्वास्थ्य परीक्षण कार्यक्रमले विद्यार्थी, अभिभावक तथा शिक्षकमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै सम्भावित स्वास्थ्य समस्या समयमै पहिचान गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार