मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

मुस्लिम उद्योग व्यवसायीहरु संगठित हुदै, व्यवसायीहरुको समस्यामा सरकार गम्भीर नभएको निष्कर्ष

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१३ अशोज २०८०, शनिबार

बाँके । मुस्लिम उद्योग व्यवसायी नेपालगंजका संयोजक सैयद मोहम्मद जाहगिरले व्यवसायीहरुको समस्यामा सरकार गम्भीर नभएको गुनासो गर्नुभएको छ । शनिबार नेपालगंजमा मुस्लिम उद्योग व्यवसायीले आयोजना गरेको कार्यक्रममा संयोजक जाहगिरले  व्यवसायीहरुको अवस्था दिनप्रतिदिन कमजोर हुदै गए पनि सरकार गम्भीर नहुनु चिन्ताको विषय भएको बताउदै व्यवसायीहरुको समस्या समाधान गर्न सरकार संग माग गर्नु भयो । 

भेलामा सहभागी मुस्लिम व्यवसायीहरुले नेपालगंज उद्योग व्यपार संघ व्यापारीहरुको समस्यालाई भन्दा नवनिर्वाचित पदाधिकारीहरु आफनो व्यक्तिगत स्वार्थमा लिप्त रहेको देखे पछि मुस्लिम उद्योग व्यवसायीहरु संगठित भएका छन् ।

नेकपा एमालेका नेता एंव अडिटर अब्दुल करिम खानले अर्थतन्त्र जोगाउन सबै मिल्नुपर्ने र शिक्षित गराउनुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रको सफलता नै देशको सफलता हुने भन्नुहुदै अर्थतन्त्र सुधारका विषयमा व्यवसायीहरुसँगै रहेको बताउनुभयो ।

नेकपा एसका नेता सकिल जसगढ, व्यवसायी सफिक बेहना, मेराज अहमद हिमाल, मुस्लिम संघका अध्यक्ष सुफियान खान लगायतले उद्योगी व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेकोमा जोड दिनुभयो । सहि तरिकाले गरेको उद्योग व्यवसायबाट आर्जित नाफालाई समेत नकारात्मक दृष्टिकोणबाट हेर्नु उचित नभएको उद्योगी व्यवसायीहरुले बताउनुभयो । कार्यक्रमका सहभागिहरुले मुस्लिम व्यवसायी संघ तत्काल दर्ता गर्न सुझाव दिदै जहागिरको नेतृत्वमा तयारी समिति गठन गरिएको छ । कार्यक्रममा ३ दर्जन भन्दा बढी व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रमको संचालन आरिफ अन्सारीले गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार