मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

कैदी मृत्यु प्रकरण :
७ प्रहरीसहित १५ जना जेल चलान

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२८ भाद्र २०८०, बिहीबार

संखुवासभा । संखुवासभा कारागारमा कैदीबन्दी मृत्यु प्रकरणमा ७ प्रहरी र ८ कैदीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत संखुवासभाका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले कैदी मृत्यु प्रकरणमा संलग्न १५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार आदेश गरेको हो ।

अदालतका सूचना अधिकारी ईश्वरी भण्डारीका अनुसार हत्यामा नाम जोडिएका १५ अभियुक्तसँग अदालतले मंगलबार बयान सकाएपछि बुधबार थुनछेक बहस सुरु भएको थियो । बहसपछि न्यायाधीश गौतमले १५ जनालाई थुनामा पठाउन आदेश गरेका हुन् ।

अदालतले अभियुक्तहरूलाई नजिकै पर्ने अन्य जिल्ला कारागार पठाउन आदेश गरेको छ । ‘सुरक्षा चुनौतीलाई मध्यनजर गराउँदै नजिकका कारागारमा पठाउनू’ आदेशमा भनिएको छ । आदेशअनुसार अभियुक्तमध्ये ७ जना प्रहरीलाई धनकुटा कारागार पठाइएको छ ।

कैदी हत्या प्रकरणमा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरूङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राईलाई जिल्ला कारागार धनकुटा पठाइएको हो ।

त्यस्तै, अभियुक्त कैदीबन्दीहरू चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई जिल्ला कारागार तेह्रथुम पठाइएको अदालतका सूचना अधिकारी भण्डारीले जानकारी दिए ।

संखुवासभा कारागारमा गत साउन २४ गते मादी नगरपालिका–५ फेलेदैका २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २७ वर्षीय विकास श्रेष्ठ मृत भेटिएका थिए । उनीहरूमाथि कुटपिट गरेको सिसिटिभी फुटेजमा देखिएको छ । घटनापछि प्रहरी र कैदीबन्दी गरी १५ जनाविरूद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार