मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नवरात्रको चौथो दिनको अवसर पारेर नरैनापुरका अध्यक्ष शाहले गरे वृक्षरोपण

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२० अशोज २०८१, आइतबार

बाँके । बाँकेको नरैनापुर गाँउपालिकाका अध्यक्ष शैयद इश्तियाक अहमद शाहले नवरात्रको चौथो दिनको अवसर पारेर आज आईतबार नरैनापुरको सार्वजानिक स्थानमा निमको विरुवा वृक्षरोपण गर्नु भएको छ । 

उहाँले वृक्षरोपण गर्दै भन्नुभयो, सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीकको रुपमा चिनिएको दशैँ पर्वले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न हामी सबैलाई प्रेरित गर्ने छ भन्ने विश्वासका साथ वृक्षारोण गरिएको उल्लेख गर्नु भयो । 

अध्यक्ष शाहले नरैनापुरमा पछिल्लो समयमा केही तत्वहरु धार्मिक सदभाव बिथोल्न सक्रिया भएर लागेको उल्लेख गर्दै सामाजिक सदभाव संग खेलवाड नगरी सबै धर्मको सम्मान गर्दै पर्वहरु मनाउने वातावरण सृजना गर्न सम्बधीत पक्षहरु संग अपिल गर्नु भयो । 

दशैँ पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्रदान गरोस् भन्ने पनि उहाँले कामना गर्नु भयो । अध्यक्ष शाहले निम बहुउपयोगी वृक्ष भएको बताउदै यसको छायाँमा बस्दा वा नजिक रहँदा मात्र पनि धेरै रोग ठीक हुने भएकोले बृक्षरोपण गरेको जिकिर गर्नु भयो । उहाँले भन्नुभयो,“यहाँ बसुन्जेल असल काम गर्न सकुँ ।”

नरैनापुर २ मा रहेको सार्वजानिक स्थान र अन्त्यष्टि स्थलहरुमा पुगेर अध्यक्ष शाहले बृक्षरोण गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार