मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

नरैनापुरको १६ हज यात्रीलाई अध्यक्ष शाहले गरे बिदाई

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
जिल्लाको नरैनापुर गाउँपालिकाबाट १६ जना हज यात्रीहरुलाई नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले शुभकामना दिदै बिदाई गर्नु भयो ।
१४ जेठ २०८०, आइतबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाबाट हजका लागि जान लागेका हज यात्रीहरुलाई नरैनापुर गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि आज टोपी, रुमाल र हज मार्गदर्शन किताब दिएर बिदाई गरेको छ । 

जिल्लाको नरैनापुर गाउँपालिकाबाट १६ जना हज यात्रीहरुलाई नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले शुभकामना दिदै बिदाई गर्नु भयो । 

साउदी अरबको मक्का मदिनामा हजका लागि यसवर्ष नरैनापुर बाट महिला पुरुष गरि १६ जनाले फारम भरेका थिए । मुस्लिम समुदायको दोश्रो महानपर्व बकरईदको अवसर पारेर साउदी अरबको मक्का मदीना पुगी हजगर्ने गरिन्छ । जिल्लाका हज यात्रीहरु हजका लागि काठमाडौं प्रस्थान गरेका छन् । केन्द्रिय हज कमेटीले हजयात्रीहरुका लागि काठमाडौको बसाई खाना, टिकट, भिजा, हज खोप र साउदी अरबको बसाई, यात्रा समेत कमेटीले व्यहोर्ने छ ।  

ईस्लाम धर्म अनुसार हजयात्रा प्रत्येक सम्पन्नशाली मुस्लिम व्यक्तिमाथि जिवनभरिमा एक पटक पुरा गर्न अनिवार्य छ । आफनो जिवनको उत्तरदायित्व जस्तै उमेर पुगेका छोराछोरीको विवाह गर्ने, पुर्णरुपमा ऋणहरु चुक्ता गर्ने पर्ने, आमाबुबाको उचित व्यवस्था मिलाउन पर्ने, जिवनमा गरिएको झैझगडाको मेलमिलाप गरि नातेदार छरछिमेकहरुसंग सहकार्य गरेर मात्र जान पाउने छ मुस्लिम धर्मावलम्बीहरुको भनाई छ ।

हज पुरा गर्नका लागि साउदी अरबको मक्का मदिना पुगी सामुहिक नमाज पढने, मक्का मदिनाको ७ चक्कर लगाउने, जनावरको कुर्बानी दिने, सफा मर्वा पहाडीको चक्कर लगाउने दानपुन गर्ने जस्ता धार्मिक क्रियाकलाप गर्नु पर्छ । हज पुरा गरेपछि सबै किसिमका पापबाट मुक्ति पाईन्छ भने हज गरेपछि ईस्लामिक क्रियाकलाप बाहेक कुनै प्रकारको गलत काम गर्न नपाईने धर्मावलम्बीहरुले बताए ।

नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल लगायतले हज यात्रीहरुलाई शुभकामना दिदै हाजीहरुको हज सफल रहोस भनि कामना गर्नु भएको थियो ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार