मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपालगञ्ज ४ सहित सात वटा वडा बालबिवाह मुक्त घोषणा

महमूद आलम खान 1133+ समाचार ( )
आइतबार औपचारिक कार्यक्रम गरी एकसाथ वडा नम्बर ३,४,९,११,१८,२० र २१ लाई वाल विवाह मुक्त वडा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिनुभयो
१८ पौष २०७८, आइतबार

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका थप ७ वटा वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको छ । आइतबार औपचारिक कार्यक्रम गरी एकसाथ वडा नम्बर ३,४,९,११,१८,२० र २१ लाई वाल विवाह मुक्त वडा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तव, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रामसुरेश यादव लगायतको उपस्थितिमा आयोजित कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले वडालाई बालविवाहमुक्त वडा घोषणा गर्नु भयो ।

सो अवसरमा उपप्रमुख थापाले यो घोषणापछि महिला र बालिकाको स्वास्थ्यसँगै समृद्ध र सुखी नेपालगञ्ज बनाउन मद्दत पुग्ने बताउनुभयो । घोषणा अन्तिम नहुने भन्दै उहाँले बाल बिवाहलाई शुन्यमा झार्न सम्पूर्ण नगरबासीको साथ र सहयोगको अपेक्षा गरिएको जिकिर गर्नुभयो । जिल्ला समन्वय समिति बाँकेका संयोजक श्रीवास्तवले फागुन मसान्तभित्र बाल विवाह मुक्त घोषणा गर्ने स्थानीय तहलाई बैठक भत्ता र प्रशासनिक खर्च कटाएर समन्वय समितिले १० लाख रुपैयाँ प्रोत्साहन बापत् उपलब्ध गराउने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी खत्रीले घोषणाको पूर्ण कार्यान्वयनमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय अगुवाको निरन्तर ध्यान रहनुपर्ने सुझाव दिनु भयो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार यसअघि नेपालगञ्जका चार वडा बाल विवाहमुक्त घोषणा भइसकेका छन् । उहाँले नगरका २३ वडा मध्ये बाँकी रहेका वडामा सर्बेक्षण सकेर विभिन्न सचेतनामूलक अभियानपछि छिट्टै बाल विवाहमुक्त नगर घोषणाको तयारी गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष मो. अयुव सिद्धिकी, वडा नम्बर ४ का अध्यक्ष मो. सफिक वेहना, वडा नम्बर ९ का कार्यबाहक अध्यक्ष सिमा केसी, वडा नम्बर २० का वडा अध्यक्ष कृष्ण कार्की, वडा नम्बर २१ का वडा अध्यक्ष रञ्जित खाँ लगायतका जनप्रतिनिधिलाई बाल विवाहमुक्त वडा घोषणा भएको प्रमाणपत्र हस्तान्तरण गरिएको कार्यपालिका सदस्य इन्दिरा शाहीले जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार