मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
१९ पौष २०८१, शुक्रबार

सिरहा । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले देशमा स्थिरता एवम् स्थायित्व कायम गर्दै आर्थिक विकासका लागि वर्तमान सरकार गठन भएको बताउनुभएको छ । 

सिरहाको लहानस्थित नगरपालिकाको सभाहलमा आज आयोजित १६औँ नगरसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले राजनीतिक स्थिरतासहित देशलाई विकासको गतिमा अघि बढाउने सङ्कल्पसहित वर्तमान सरकार गठन भएको बताउनुभयो । 

“सत्तामा पुग्न मात्र वर्तमान सरकार गठन भएको होइन । २०४६ सालपछि छोटो समयमा सरकार परिवर्तन हुँदा जनताको इच्छा र कामना पूरा हुन सकेन । साना पार्टीले सरकार बनाउँदा अस्थिरता भयो, चोसेअनुरूपको विकास भएन । केही महिनामै सरकार परिवर्तन हुँदा जनतामा निराशा थियो । बलियो सरकार बनोस् भन्ने जनचाहनाअनुसार नै वर्तमान सरकार बनेको हो”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “त्यसैले यो सरकारले पूरा अवधिसम्म अगाडिको सरकारले गर्न नसकेको र अधुरा काम गर्नेछ ।”

उपप्रधानमन्त्री सिंहले ठूलो सङ्घर्ष र बलिदानबाट अहिलेको लोकतान्त्रिक व्यवस्था प्राप्त भएको भन्दै प्राप्त अधिकारलाई जिम्मेवारीपूर्ण तरिकाले संस्थागत गरी जनता र राष्ट्रको चाहनालाई केन्द्रविन्दुमा राखी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । साथै उहाँले बिग्रिँदै गएको अर्थतन्त्रलाई वर्तमान सरकारले लयमा ल्याउने प्रयास गरिरहेको पनि बताउनुभयो । 

कार्यक्रममा संविधानसभा सदस्य तथा कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवले तराई मधेसको जीवन रेखाका रूपमा रहेको १३ वर्षदेखि निर्माणाधीन अधुरो कमला पुल निर्धारित समयमै सम्पन्नताका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

त्यसैगरी मधेस प्रदेशसभा सदस्य ललितादास विद्रोहीले विकास निर्माणका काममा सबै पार्टी र जनप्रतिनिधि एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले चालु आर्थिक वर्ष २०८१र८२ का लागि १४औँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको विस्तृत खर्च समीक्षा तथा संशोधित आय र व्ययको अनुमानका आधार योजना प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार