मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बाल सुधार गृहमा झडप, १ जनाको मृत्यु दर्जनौ घाइते

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
५ अशोज २०८०, शुक्रबार

बाँके । बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका दुई समूहबिच झडप भएको छ । आज राती भएको झडपमा एक जनाको निधन भएको छ भने १० जना गम्भीर घाइते भएको बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरले जानकारी दिनुभयो ।

दोहोरो झडपमा घाइते भएका अपहरण, शरिरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय पाएका कपिलवस्तु रुद्रपुरका सुलभ केसीको उपचारका क्रममा अस्पतालमा निधन भएको हो । गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । बाल सुधार गृहमा पटक–पटक झडप हुँदै आएको छ । बाल सुधार गृहभित्र राती झडप नियन्त्रणका लागि सुरक्षा निकाय समेत प्रवेश गर्न समस्या भएको थियो । भित्रको अवस्थाबारे अहिलेसम्म पनि यकिन भएको छैन । 

पछिल्लो पटक लागु औषध मुद्दाका बालकहरूलाई ल्याएपछि बाल सुधारगृहमा रहेका अन्य ब्यक्तिहरुसँग पटक–पटक तनावपूर्ण अवस्था आउने गरेको थियो । यसअघि माघ अन्तिम सातापनि दुई पक्षबीच झडप भएपछि आगजनी र तोडफोड गरिएको हो । 

बालिग भए पनि यही बस्न पाउने भएकाले दोहोरो झडपका घटना बढी हुने गरेको पाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार