मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

सुशासन कायम गर्न न्यायलय बाधक देखियो : सांसद माझी

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२४ माघ २०८०, बुधवार
काठमाडौं ।  प्रतिनिधिसभा सदस्य उर्मिला माझीले सरकारले चालेको सुशासन कायम गर्न न्यायलय नै बाधक देखिएको बताएकी छीन् । प्रतिनिधिसभाको आजको बैठकमा शुन्य समयमा बोल्दै सांसद माझीले अदालतले जनताको न्यायको आशा मारिरहेको बताइन् । माओवादी केन्द्रकी सांसदसमेत रहेकी उनले राज्यको मुख्य अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामध्ये न्यायपालिका भ्रष्ट र सुसासनको बाधक बनेको बताएकी हुन् । 
शुन्य समयमा बोल्दै उनले भनिन् जव भ्रष्टाचारको मुद्धा न्यायलय पुग्छ तव न्याय मर्छ भन्ने भाष्य बनेको भन्दै त्यसलाई फेर्न गम्भीर कदम चाल्न सभामुखमार्फत सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएकी हुन् । 
उनले ललिता निवास, नक्कली भुटानी शरणार्थी काण्ड, सुन काण्ड, अहिले बाँसबारी छाला जुत्ता जग्गा काण्डसम्म त्यो अवस्था देखिएको दृष्टान्त पेश गरेकी थिइन् । 

उनले भनिन् – राज्यको प्रमुख अंग व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका मध्ये न्यायपालिका सबैभन्दा भ्रष्ट र परिवर्तन विरोधि जस्तो बनेको छ । सुशासन कायम गर्ने सरकारको कदममा न्यायपालिका बाधक बनेको छ । जब फाइल अदालत पुग्छ, न्याय मर्छ, भ्रष्टले जित्छ भन्ने कुरा स्थापित भएको छ, ललिता निवास, नक्कली भुटानी शरणार्थी काण्ड, सुन काण्ड, अहिले बाँसबारी छाला जुत्ता जग्गा काण्डसम्म त्यो अवस्था देखिएको छ । त्यतिमात्र होइन, सर्वसाधारण जनता न्याय माग्न सर्वोच्च पुग्यो भने वर्षौंसम्म न्यायको पर्खाइमा लाग्दा हजुरबादेखी नाति पुस्तासम्म धाइरहने अवस्था छ । न्यायलयलाई जनपक्षीय र पहुँचबिहिनहरूको संस्था बनाउन के गर्ने हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार