मुख्य समाचार
स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय | दिपक भट्टको कम्पनीमा गृहमन्त्री सुधन गुरुङ्गदेखि पत्रकार लम्साल र यतीका साहुजीसम्म | अब विद्यार्थीले घरबाटै एनओसी लिन सकिने |

बाँके २ बाट जनमतका इरफान लड्ने

यूथ टुडे समाचारदाता 3317+ समाचार ( )
जनमतका इरफान जसपाका इस्तियाकको चुनाबी क्षेत्रबाट लड्ने
१५ भाद्र २०७९, बुधवार

बाँके । सिके राउतले नेतृत्व गरेको जनमत पार्टीका संस्थापक केन्द्रीय सदस्य इरफान शेष आगामी मंसिर ४ गते हुने निर्वाचनमा बाँके-२ बाट चुनाव लड्ने भएका छन् ।

जनमत पार्टीका केन्द्रिय सदस्य इरफान २०७४ सालमा मोहम्मद इश्तियाक राई जितेको बाँके-२ बाट चुनाव लड्न लागेका हुन् । जनमत पार्टी बाँकेको बसेको बैठकले इरफानलाई बाँके २ बाट चुनाव लडाउने निर्णय गरेको युथ टुडे न्युजलाई जानकारी दिएको छ ।

इरफान डुडुवा गाउँपालिका–६ निवासी हुन् । जनमत पार्टीले यसअघि स्थानीय निर्वाचनमा पहिलो पटक भाग लिएको थियो भने बाँकेमा सम्मानजनक मत प्राप्त गरेको थियो । २०७५ फागुन २४ मा जनमत पार्टी र सरकारबीच शान्तिपूर्ण सम्झौता भएको थियो। ओली नेतृत्वको सरकारले उनीसँग ११ बुँदे सहमति गरेको थियो । 

मुस्लिम समुदायबाट राजनीतिमा होमिएका इरफान बाँकेका लोकप्रिय नेताको रुपमा चिनिएका छन् । इरफान चुनाबी मैदानमा उत्रिए संगै जनता समाजवादी पार्टीबाट यस अघि बाँके २ बाट निर्वाचित संघिय सरकारको मन्त्री समेत रहेका मोहम्मद इश्तियाक राईलाई ठुलो झटका लाग्ने स्रोतको भनाइ छ ।

मधेस राजनितिका जानकारहरुका अनुसार मन्त्री राईलाई चुनाव जित्न सजिलो नरहेको बताए छन् । स्रोतका अनुसार राइ मन्त्री भए पछि आफ्नो राजनितिक स्वार्थका लागि जघन्य प्रकृतिका मुद्दाहरुमा अदालतले जारी गरेको पक्राउ पुर्जीका अभियुक्तहरुलाई पक्राउ नगर्न बाँके प्रहरीलाई निर्देशन दिए पछि अभियुक्तहरु खुलेआम घुमी रहेको र हिन्दु मुस्लिम बिच बिभाजन ल्याउने गरी गतिबिधि गरिरहेकोले राइ प्रति जनताको आक्रोश बढ्दै गएकोले चुनाबमा ठुलो झटका लाग्ने निश्चित भएको वताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार