मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

छिमेक लघुवित्त जाजरकोट शाखाद्वारा १२औँ ग्राहक सदस्य गुनासो सुनुवाइ तथा इकाइ भेला सम्पन्न

प्रमिला बिश्वकर्मा 16+ समाचार ( )
३ चैत्र २०८२, मङ्गलबार

जाजरकोट । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड जाजरकोट शाखाले १२औँ ग्राहक सदस्य गुनासो सुनुवाइ इकाइ भेला, वित्तीय साक्षरता कार्यक्रम तथा ग्लोबल मनी वीक २०२६ को अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा केन्द्रीय कार्यालय काठमाडौँबाट वरिष्ठ विभागीय प्रमुख हरिराज लोहनी, सुदूरपश्चिम तथा कर्णाली प्रदेशका प्रदेश प्रबन्धक कृष्ण वन, अनुगमन अधिकृत राजु केसी र तपेन्द्र साउद तथा प्रादेशिक कार्यालयमा कार्यरत कर्मचारी पुष्पराज अधिकारीको उपस्थिति रहेको थियो।

छिमेक लघुवित्त जाजरकोट शाखामा आबद्ध जाजरकोट र रुकुम पश्चिम जिल्लाका सदस्यहरूको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा जाजरकोटको भेरी नगरपालिका र कुशे गाउँपालिका तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका प्रतिनिधि सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वरिष्ठ विभागीय प्रमुख हरिराज लोहनीले वर्तमान समयमा लघुवित्त क्षेत्रको अवस्था, छिमेक लघुवित्तले प्रदान गरिरहेका सेवा–सुविधा तथा आगामी योजनाबारे जानकारी दिनुभयो। साथै प्रदेश प्रबन्धक कृष्ण वन, अनुगमन अधिकृत राजु केसी र तपेन्द्र साउदले वित्तीय साक्षरता, पारिवारिक बजेट तथा लघुवित्त क्षेत्रसँग सम्बन्धित विभिन्न अफवाहबारे स्पष्ट पार्नुभएको थियो।

कार्यक्रमका अवसरमा तीन जना सफल व्यवसायी सदस्यलाई रु. ८,११५ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। त्यसैगरी संस्थामा आबद्ध सदस्यका छोराछोरीमध्ये एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने दुई जना विद्यार्थीलाई रु. १४,००० छात्रवृत्ति तथा प्रशंसापत्र प्रदान गरिएको थियो। कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन सांस्कृतिक प्रस्तुति दिने कलाकारलाई रु. १,००५ प्रोत्साहन रकम प्रदान गरिएको थियो। साथै उत्कृष्ट ३ जना सफल व्यवसायी सदस्यलाई रु ८५१५/ नगद पुरस्कार तथा प्रशंसा पत्र वितरण गरिएको थियो।

त्यसैगरी संस्थामा आबद्ध विभिन्न इकाइहरूमध्ये उत्कृष्ट १० इकाइलाई रु. १७,५५० नगद पुरस्कार, रु. ३६,००० छात्रवृत्ति तथा प्रमाणपत्र वितरण गरिएको जाजरकोट शाखाका शाखा प्रबन्धक तथा कार्यक्रम सञ्चालक मान बहादुर रानाले जानकारी दिनुभयो।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्य तथा अभिभावक, कार्यक्रमको लागी हल उपलब्ध गराउने त्रिभुवन माध्यमिक विद्यालय, खाजा–नास्ताको व्यवस्था गर्ने आराधना होटल एन्ड लज तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति शाखा प्रबन्धक रानाले धन्यवाद व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार