मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

एपीएफ स्कुल कोहलपुरको छैठौं वार्षिकोत्सवमा युथ टुडेका सम्पादक खान सम्मानित

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१७ माघ २०८२, शुक्रबार

बाँके । नेपाल एपीएफ स्कुल, कोहलपुरको छैठौं वार्षिकोत्सव तथा ‘अभिभावक दिवस’को अवसरमा सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै युथ टुडेका सम्पादक एवं रेडियो नेपाल बाँकेका संवाददाता आलम खान सम्मानित हुनुभएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिध्याबासिनी बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र कुवरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खानलाई सम्मान प्रदान गरिएको हो।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि कुवरले शिक्षा मानव उत्कृष्टताको आधार भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षामार्फत अनुशासित, सक्षम र जिम्मेवार नागरिक उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नौवस्ता जवान तालिम शिक्षालयका समावेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नरेन्द्र बमले “मानव उत्कृष्टताका लागि शिक्षा” भन्ने नारालाई व्यवहारमा उतार्दै विद्यालय अघि बढिरहेको बताउनुभयो।

विद्यालयका समादेशक सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावलले शैक्षिक गुणस्तर, अनुशासन र सह–पाठ्यक्रम गतिविधिमा एपीएफ स्कुलको पहिचान स्थापित हुँदै गएको बताउनुभयो।

त्यसैगरी स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयका निमित्त प्रधानाध्यापक राजकुमार प्याकुरेलले हाल विद्यालयमा कक्षा १० सम्म पठनपाठन भइरहेको र ४२० जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो।

वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले गायन, नृत्य, नाटकलगायत विविध सांस्कृतिक प्रस्तुति मार्फत आफ्ना प्रतिभा प्रदर्शन गर्दै कार्यक्रमलाई जीवन्त बनाएका थिए।

कार्यक्रममा माया बुढाथोकी, बलबहादुर विष्ट लगायतलाई उत्कृष्ट अभिभावकको रूपमा सम्मान गरिएको थियो।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक भिम चन्द, मानबहादुर शाही, नेपाल टेलिभिजन कोहलपुरका प्रमुख निराजन खनाल, नेपाल पत्रकार महासङ्घ बाँकेका उपाध्यक्ष करुणा शाह लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार