मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

मन्त्री किराँती गाेर्खा पुगेर गरे मनकामना मन्दिरको सरसफाइ

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२४ अशोज २०८०, बुधवार

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती पहिलोपटक गाेर्खामा रहेकाे मनकामना मन्दिरमा पुगेका छन् । मन्त्री भएदेखि प्रत्येक हप्ताकाे शनिबार सरसफाइ अभियान सञ्चालन गरेका माओवादी सांसद समेत रहेका मन्त्री किराँती गाेर्खा पुगेर पनि मनकामना सरसफाइमा जुटेका छन् ।

मनकामना मन्दिर अवलाेकन र सथानिय जनतासँग अन्तरक्रिया गर्ने अभियानमा मनकामना क्षेत्र पुगेका सुदनले स्थानीय माओवादी पार्टी सँग पनि अन्तरक्रिया गरेका छन् । सहिद लखन थापा गाउँपालिका अन्तरगत रहेकाे मनकामना मन्दिरकाे विषयमा र त्यसक्षेत्रकाे विकासमा सरकारले खेल्नुपर्ने भुमिकाबारे मन्त्रीले गाउँपालिका सरकारका प्रतिनिधिहरू, मनकामना क्षेत्र विकास समिति, स्थानीय जनता र दलका नेताहरूसँग अन्तरक्रिया गरेकाे प्रतिनिधिसभा सदस्य तथा नेकपा माओवादी केन्द्र लखन थापा गाउँपालिकामा अभियानकाे ईन्चार्ज रहेकी माओवादी केन्द्रीय सदस्य उर्मिला माझीले बताइन् ।

मन्त्री किरातीको अगुवाइमा मनकामना मन्दिर र आसपासका क्षेत्रमा रहेका फोहर सङ्कलन गरी व्यवस्थापन कार्यक्रममा स्थानीय बासिन्दा तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको नेकपा (माओवादी) केन्द्रका जिल्ला संयोजक दीपक तिमल्सिना साकारले जानकारी दिए ।

मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वासले यहाँ भक्तजनको वर्षभरी नै भीड लाग्ने गर्दछ । बर्सेनी मन्दिरमा हजारौँ भक्तजन भाकल पूरा गर्न पूजासहित बलि चढाउन र परेवा उडाउन आउने गर्दछन् ।

गोरखाको शहीद लखन गाउँपालिका–२ र ३ मा पर्ने मनकामना मन्दिर नेपालकै एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय तीर्थस्थलका रुपमा प्रख्यात छ ।

साे अवसरमा माओवादी जिल्ला सचिव दिपक तिमिल्सिना, गाउँपालिका अध्यक्ष रमेश थापा मगरलगायतका नेता कार्यकर्ता र जनप्रतिनिधिहरूले मनकामना क्षेत्रकाे समग्र विकासका सम्भावना र चुनाैतिबारे विषय राखेका थिए

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार