मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

इरानले मध्यपूर्वका अमेरिकी सैन्य अड्डालाई बनायो निशाना

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
खामेनीले छाडे तेहरान
१६ फाल्गुन २०८२, शनिबार

काठमाडौं । इजरायल र अमेरिकाले शनिबार इरानको राजधानी तेहरानमा गरेको भीषण सैन्य आक्रमणपछि तेहरानले जवाफी हमला गरेको छ। तेहरानले इजरायलमा सयौँ मिसायल एकैपटक प्रहार गर्दा अमेरिकाका मध्यपूर्वमा रहेका सैन्य बेसमा पनि उसले मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

इरानले इजरायलमाथि प्रत्याक्रमण सुरु गर्दा ४०० क्षेप्यास्त्र प्रहार गरेको छ। इरानले इजरायल मात्र होइन, कतार, बहाराइन र युएईमा रहेका अमेरिकी सैन्य बेसहरूलाई पनि निशाना बनाएको छ।

यसअघि इजरायलले इरानको गुप्तचर मन्त्रालय, रक्षा मन्त्रालय, सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको कार्यालय तथा इरानको परमाणु ऊर्जा संगठनलाई लक्षित गरी आक्रमण गरेको थियो। आक्रमणपछि खामेनीले तेहरान छाडेका छन्। उनलाई सुरक्षित स्थानमा लगिएको दाबी गरिएको छ।

इजरायलले इरानविरुद्ध सुरु गरेको नयाँ अभियानलाई ‘लायन्स रोअर’ (शेरको गर्जन) नाम दिएको छ। अल जजिराले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यो अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाही भएको जनाएको छ।

यो आक्रमण इरान र अमेरिकाबीच आणविक हतियारसम्बन्धी वार्ता चलिरहेका बेला भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानमाथि आक्रमण गर्ने चेतावनी दिँदै १० दिनभित्र सहमतिमा आउन अल्टिमेटम दिएका थिए। उनका अनुसार यो कदम अमेरिकालाई र उसका नागरिकलाई सम्भावित खतराबाट जोगाउन चालिएको हो। ट्रम्पले अमेरिकी सेनाले इरानका क्षेप्यास्त्र ध्वस्त पार्ने र उसको मिसाइल कार्यक्रम समाप्त पार्ने प्रयास गरिरहेको पनि बताएका छन्।

बेलायती पत्रिका द गार्जियनका अनुसार इरानी सर्वोच्च नेता खामेनीले तेहरानबाट सुरक्षित स्थानमा लगिएको दाबी गर्दा रोयटर्स र न्युयोर्क टाइम्सले अमेरिका र इजरायलका आक्रमणहरूको मुख्य लक्ष्य इरानी अधिकारीहरू रहेका जनाएका छन्।

त्यस्तै, रोयटर्सका अनुसार युएईको राजधानी अबुधाबीबाट ठूलो विस्फोटको आवाज सुनिएको छ। अधिकांश मध्यपूर्वका एयरस्पेशहरु बन्द गरिएका छन्। इरानले इजरायली आक्रमणको जवाफस्वरूप मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण सुरु गरेको जनाइएको छ।

कतार र बहराइनपछि युएईस्थित अमेरिकी सैन्य आधारलाई पनि निशाना बनाइएको बताइएको छ। युएईमा रहेको उक्त अमेरिकी सैन्य अड्डाको नाम अल दफ्रा एयर स्पेस हो। साथै ट्रम्पले इरानी नागरिकहरुलाई सत्ता कब्जा गर्नका लागि आग्रह गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार